शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , भाद्र ८, २०८१

काठमाडौँ ,०८ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०८ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ९३ पैसा र विक्रीदर १३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८३ पैसा र विक्रीदर १४९ रुपैयाँ ५० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७५ रुपैयाँ ७६ पैसा र विक्रीदर १७६ रुपैयाँ ५५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५७ रुपैया १५ पैसा र विक्रीदर १५७ रुपैयाँ ८५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १४ पैसा र विक्रीदर ९० रुपैयाँ ५५ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९८ रुपैयाँ ५७ पैसा र विक्रीदर ९९ रुपैयाँ ०१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया ३४ पैसा र विक्रीदर १०२ रुपैयाँ ८० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १७ पैसा र विक्रीदर ९ रुपैयाँ २१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र विक्रीदर १८ रुपैयाँ ८५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७३ पैसा र विक्रीदर ३६ रुपैयाँ ८९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ८३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ६१ पैसा र विक्रीदर ३० रुपैयाँ ७५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०१ पैसा र विक्रीदर १० रुपैयाँ ०६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०३ पैसा र विक्रीदर १३ रुपैयाँ ०९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ९५ पैसा र विक्रीदर २० रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १७ पैसा र विक्रीदर १७ रुपैयाँ २७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ३१ पैसा र विक्रीदर ४४० रुपैयाँ २७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५७ रुपैयाँ ०१ पैसा रहेको छ ।

प्रतिक्रिया