काठमाडौँ ,०५ भदौ – नेपाल राष्ट्र बैंकले २०८१ साल भदौ ०५ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ७८ पैसा र विक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र विक्रीदर १४८ रुपैयाँ ८५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७३ रुपैयाँ ८५ पैसा र विक्रीदर १७४ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैया ६० पैसा र विक्रीदर १५६ रुपैयाँ ३० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र विक्रीदर ९० रुपैयाँ ४५ पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९८ रुपैयाँ २६ पैसा र विक्रीदर ९८ रुपैयाँ ७० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०२ रुपैया २६ पैसा र विक्रीदर १०२ रुपैयाँ ७२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १३ पैसा र विक्रीदर ९ रुपैयाँ १७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र विक्रीदर १८ रुपैयाँ ८१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६५ पैसा र विक्रीदर ३५ रुपैयाँ ८१ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६९ पैसा र विक्रीदर ३६ रुपैयाँ ८५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३ रुपैयाँ ९३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ५६ पैसा र विक्रीदर ३० रुपैयाँ ७० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०२ पैसा र विक्रीदर १३ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ८६ पैसा र विक्रीदर १९ रुपैयाँ ९५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १७ पैसा र विक्रीदर १७ रुपैयाँ २५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ६२ पैसा र विक्रीदर ४३९ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ०० पैसा र विक्रीदर ३५६ रुपैयाँ ५९ पैसा रहेको छ ।
