शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौँ ,३१ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन ३१ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०२ पैसा र विक्रीदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ७२ पैसा र विक्रीदर १४८ रुपैयाँ ३८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ १२ पैसा र विक्रीदर १७२ रुपैयाँ ८९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैया २७ पैसा र विक्रीदर १५५ रुपैयाँ ९६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८० पैसा र विक्रीदर ८८ रुपैयाँ २० पैसा रहेको छ भने क्यानेडियन लर आज एकको खरिददर ९७ रुपैयाँ ७५ पैसा र विक्रीदर ९८ रुपैयाँ १८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ९० पैसा र विक्रीदर १०२ रुपैयाँ ३६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १२ पैसा र विक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७७ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र विक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ३२ पैसा र विक्रीदर ३० रुपैयाँ ४६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८९ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ८८ पैसा र विक्रीदर १२ रुपैयाँ ९३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ८० पैसा र विक्रीदर १९ रुपैयाँ ८८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २१ पैसा र विक्रीदर १७ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ९३ पैसा र विक्रीदर ४३९ रुपैयाँ ८९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५७ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया