काठमाडौँ ,२९ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २९ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०६ पैसा र विक्रीदर १३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ४१ पैसा र विक्रीदर १४७ रुपैयाँ ०६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ०९ पैसा र विक्रीदर १७१ रुपैयाँ ८६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैया १७ पैसा र विक्रीदर १५४ रुपैयाँ ८६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र विक्रीदर ८८ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६७ पैसा र विक्रीदर ९८ रुपैयाँ ११ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया १८ पैसा र विक्रीदर १०१ रुपैयाँ ६३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०८ पैसा र विक्रीदर ९ रुपैयाँ १२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७२ पैसा र विक्रीदर ३५ रुपैयाँ ८७ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ०९ पैसा र विक्रीदर ३० रुपैयाँ २२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ७३ पैसा र विक्रीदर १२ रुपैयाँ ७९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ६२ पैसा र विक्रीदर १९ रुपैयाँ ७१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २० पैसा र विक्रीदर १७ रुपैयाँ २८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ६२ पैसा र विक्रीदर ४३९ रुपैयाँ ५८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ६७ पैसा र विक्रीदर ३५७ रुपैयाँ २६ पैसा रहेको छ ।
