शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण २३, २०८१

काठमाडौँ ,२३ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन २३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३४ रुपैया ०३ पैसा र विक्रीदर १३४ रुपैयाँ ६३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ १९ पैसा र विक्रीदर १४६ रुपैयाँ ८५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७० रुपैयाँ २४ पैसा र विक्रीदर १७१ रुपैयाँ ०० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैया ७१ पैसा र विक्रीदर १५७ रुपैयाँ ४२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८७ पैसा र विक्रीदर ८७ रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८६ पैसा र विक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०१ रुपैया ९५ पैसा र विक्रीदर १०१ रुपैयाँ ४० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २२ पैसा र विक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र विक्रीदर १८ रुपैयाँ ८३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेकोछ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र विक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९६ पैसा र विक्रीदर ३० रुपैयाँ ०९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७२ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ६५ पैसा र विक्रीदर १२ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५९ पैसा र विक्रीदर १९ रुपैयाँ ६८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २० पैसा र विक्रीदर १७ रुपैयाँ २८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३८ रुपैयाँ ३५ पैसा र विक्रीदर ४४० रुपैयाँ ३१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५४ पैसा र विक्रीदर ३५७ रुपैयाँ १३ पैसा रहेको छ ।

प्रतिक्रिया