शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , श्रावण १६, २०८१

काठमाडौँ ,१६ साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६७ पैसा र विक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र विक्रीदर १४५ रुपैयाँ ४० पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १७१ रुपैयाँ ७९ पैसा र विक्रीदर १७२ रुपैयाँ ५६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ८९ पैसा र विक्रीदर १५१ रुपैयाँ ५७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४१ पैसा र विक्रीदर ८७ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५२ पैसा र विक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ४३ पैसा र विक्रीदर ९९ रुपैयाँ ८८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६४ पैसा र विक्रीदर ८ रुपैयाँ ६७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेक९२ छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र विक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९२ पैसा र विक्रीदर २९ रुपैयाँ ०५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ३९ पैसा र विक्रीदर १२ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ११ पैसा र विक्रीदर १७ रुपैयाँ १९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ १४ पैसा र विक्रीदर ४३९ रुपैयाँ ११ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र विक्रीदर ३५६ रुपैयाँ २० पैसा रहेको छ ।

प्रतिक्रिया