काठमाडौँ ,१० साउन – नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १० गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ६६ पैसा र विक्रीदर १३४ रुपैयाँ २६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ८९ पैसा र विक्रीदर १४५ रुपैयाँ ५४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १७२ रुपैयाँ ५२ पैसा र विक्रीदर १७३ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ६२ पैसा र विक्रीदर १५१ रुपैयाँ ३० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र विक्रीदर ८८ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र विक्रीदर ९७ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ४२ पैसा र विक्रीदर ९९ रुपैयाँ ८७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६५ पैसा र विक्रीदर ८ रुपैयाँ ६९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र विक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र विक्रीदर ३६ रुपैयाँ ५५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको रिददर १२ रुपैयाँ ३८ पैसा र विक्रीदर १२ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४२ पैसा र विक्रीदर १९ रुपैयाँ ५१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ १२ पैसा र विक्रीदर १७ रुपैयाँ १९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३७ रुपैयाँ ११ पैसा र विक्रीदर ४३९ रुपैयाँ ०७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ६० पैसा र विक्रीदर ३५६ रुपैयाँ १९ पैसा रहेको छ ।
