शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यामालले तोडे पेलेको कीर्तिमान

सोमवार , आषाढ ३२, २०८१

म्युनिख ३१ असार - स्पेनका लागि आइतबार इंग्ल्यान्डविरुद्धको युरो २०२४ को फाइनल खेलमा लामिन यामालले ६६ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । आफ्नो १७ औँ जन्मदिन मनाएको एक दिनपछि यामाललाई ला रोजाको प्रारम्भिक ११ मा राखिएको थियो ।

योसँगै सन् १९५८ को विश्वकप फाइनलमा पेलेले बनाएको कीर्तिमान तोड्दै उनी अब प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्। सन् १९५८ को विश्वकप फाइनल खेल्दा पेले १७ वर्ष २४९ दिन उमेरका थिए ।

युरोपियन च्याम्पियनसिप सुरु भएयता बार्सिलोनाका युवा खेलाडीले तोडेको यो पहिलो कीर्तिमान भने होइन । उनी आफ्नो टोलीको उद्घाटन खेलमा क्रोएसियाविरुद्ध खेल्दा युरोपियन च्याम्पियनसिप खेलमा सुरुवात गर्ने सबैभन्दा कान्छो खेलाडी बने। फ्रान्सविरुद्धको सेमिफाइनल जितमा गोल गर्दा उनी प्रतियोगिताको इतिहासमा सबैभन्दा कान्छो गोलकर्ता बनेका थिए।

प्रतिक्रिया