शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

महतको कप्तानीमा रग्बी टिम घोषणा

बिहिवार , कार्तिक १६, २०८०

सिन्धुली– नेपालले कतारमा आयोजना हुने एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने भएको छ । कार्तिक १६ (बिहिबार) र १७ (शुक्रबार) गते दोहामा हुने रग्बी सेभेन्स ट्रफीमा प्रतिस्पर्धा गर्न सबिन महतको कप्तानीमा १२ खेलाडीसहित कुल १५ सदस्यीय टोलीको घोषणा भएको हो ।

नेपाली टोली बुधबार राती कतार प्रस्थान गरेको छ । महतको कप्तानीमा नविन गिरि, क्यालभिन जोशी, विक्रम पुरि, पुजन झेवाली, यदु अधिकारी, नविन बहादुर मगर, रमित बहादुर मल, महेश सुनार, कपिल सपकोटा, सुरज राना र मनोज मगर सम्मेलित नेपाली टिमले पहिलो खेल पाकिस्तानसँग खेल्नेछ । नेपाली टिमको प्रशिक्षकमा सेन विजेसिंगे,, टिम व्यवस्थापकमा टंक राज गिरि र फिजियोमा डेवान थापा रहेका छन् । १७ देशका २२ टिमले ट्रफीकालागि प्रतिस्पर्धा गर्दैछन् । यस प्रतियोगिताको विजेता टिमले एसिया टप सेभेन्स श्रृंखला खेल्ने अवसर पाउनेछन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया