शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

लगातार घटेको सुनको मूल्य आज बढ्यो

बुधवार , आश्विन १७, २०८०

काठमाडौं १७असोज - नेपाली बजारमा नौ दिनदेखि घटेको सुनको मूल्य आज भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा ३०० सयले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९०० कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य आज प्रतितोला १ लाख ६ हजार ४०० पुगेको छ ।

हिजो मंगलबार सुनको मूल्यमा १ हजार ३०० सयले गिरावट आएको थियो । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएकोमा आज पनि सोही मूल्य कायम छ । गत साताको आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । त्यसपछि लगातार घटेको मूल्य आज भने बढेको हो ।

प्रतिक्रिया