शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बहराइनमाथि नेपालको १० विकेटको शानदार जित

शुक्रवार , भाद्र १५, २०८०

काठमाडौं,१५ भदौ - नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा शुक्रबार बहराइनविरूद्ध सानदार जित हात पारेको छ मलेसियामा जारी प्रतियोगितामा नेपालले शुक्रबार बहराइनविरूद्ध १० विकेटको जित हात पारेको हो।

बहराइनले दिएको ३१ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो। नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो।

यसअघि नेपालले बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकालेको थियो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा ५ टिम छन्।  प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

प्रतिक्रिया