शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

डा. तोसिमा कार्की विजयी

बिहिवार , मंसिर ८, २०७९

ललितपुर - ललितपुर- ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी भएकी छन् । कार्कीले २४ हजार ४६७ मत प्राप्त गरेर जित हासिल गरेकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले १० हजार ९५४ मत प्राप्त गरेका छन्  राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा विजयी हुने तोसिमा चौथो उम्मेदवार हुन् ।

को हुन् डाक्टर तोसिमा कार्की ? 

ललितपुरको भैंसेपाटीमा बहुदलीय प्रजातन्त्र प्राप्तिको पूर्वसन्ध्यामा जन्मिएकी तोसिमा काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स हुन् l सहिद धर्मभक्त स्कुल नख्खुबाट एस.एल.सी. गरेकी तोसिमाले मोर्डन इन्डियन स्कुल चोभारबाट १२ कक्षा उत्तीर्ण गरी किष्ट मेडिकल कलेज ललितपुरबाट एमबीबीएस सकाएकी छन् l नेपाल मेडिकल काउन्सिलको सदस्यमा (२०७७) लोकप्रिय मतका साथ विजयी भएकी कार्की स्वस्थ नेपाल, सुखी नेपाली बनाउने लक्ष्य र अन्तरात्माको अभियानमा राजनीतिको माध्यमबाट देश परिवर्तन गर्ने होडमा निस्किएकी छन् l

मेडिकल अभियन्ता र सामाजिक कार्यकर्ता तोसिमा आफ्नो अठोटमा प्रतिबद्द युवा हुन् l एक दशक भन्दा बढी समय आफ्ना निजी इच्छा र आकांक्षालाई सामाजिकीकरण गरेर अधिकारको खोज र कर्तव्यको परीक्षामा खारिनु सामान्य योग्यता होइन l समाज सेवा, मेडिकल अभियन्ता र सामाजिक समस्याको उठान गर्दै तोसिमा आफ्नो योग्यता,क्षमता र अनुभवलाई स्तरोन्नति गरिरहेकी पात्र हुन् l यसर्थ संसदमा उनको योग्यता र अनुभवमा शंका गरिरहनु पर्दैन l अयोग्यहरूको भिडमा योग्यतम जित हो तोसिमाको l सामाजिक अन्तरक्रिया गर्न रूची राख्ने तोसिमा विभिन्न मिडिया मार्फत आफ्नो धारणा र दृष्टिबोध पस्किरहेकी हुन्छिन् l तोसिमा बहुआयामिक छन् l

प्रतिक्रिया