काठमाडौं९ कार्तिक -नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले ‘नो-नट-अगेन’ भन्ने विचार लोकतान्त्रिक मुल्य र मान्यतासंगत भएको बताएका छन् । नेता रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस बारे निर्वाचन आयोगले दिएको निर्देशन युक्तिसंगत नभएको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ”म नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य हो, मेरो मत रूख छापमा नै हो। तर,’नो-नट-अगेन’ भन्ने विचार लोकतान्त्रिक मुल्य र मान्यतासंगत छ। यस बारे निर्वाचन आयोगले दिएको निर्देशन युक्तिसंगत छैन, पुनर्विचार होस्।”
यसअघी आयोगप्रति लक्षित गर्दै एमाले नेता डा भीम रावलले पनि प्रश्न उठाएका छन् । नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यंग्य गर्दै आयोगलाई सोधेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले शीर्ष ठानेका नेताहरूलाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’
ठूला दलका शीर्ष नेताहरुलाई लिएर नागरिक आक्रोश बढिरहेको अवस्थामा निर्वाचन आयोगले ‘नो नट अगेन’सहितका नारा प्रयोग गरिए कारवाहीको चेतावनी दिएको थियो।
https://twitter.com/MinendraRijal/status/1585154963562729472?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1585154963562729472%7Ctwgr%5Ed7ca3bc917166546a316fad9c3b0d7fbb46ccb58%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.dcnepal.com%2F2022%2F10%2F414068%2F