शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

अदालतको फैसला पछि नेपाल आउने तैयारीमा सन्दिप !

शनिवार , आश्विन १, २०७९

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने आफू खेल सम्पन्न भएपछि नेपाल फर्किने भने पनि अहिले उनी सम्पर्क विहिन बनेका छन् । क्रिकेट लिग खेल्न जमैकामा रहेका बेला उनलाई नेपालमा बलात्कारको आरोपमा किटानी जाहेरी परेको थियो ।

त्यसपछि उनलाई अदालतले पक्राउ गरेर अनुसन्धानका लागि अनुमति दिएको छ । स्रोतका अनुसार हाल सिंगापुरमा रहेका छन्। जमैकाबाट सिधै उनी सिंगापुर पुगेका थिए । त्यहीँ बसेर कानूनी परामर्श गर्न नेपालबाट केही कानुन व्यवसायीहरुलाई बोलाएको समेत स्रोतले बतायो।

नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सम्पर्क गर्दा सन्दीपले आफू चाँडै नेपाल आउने भन्दै कानूनी प्रक्रियामा सहायताका लागि क्यानसँग आग्रह गरेका थिए । तर, जमैकाबाट हिँडेपछि उनी क्यानको सम्पर्कमा छैनन् ।

सन्दीप तत्काल नेपाल नआइकन मुद्दा लड्न सकिने विकल्पहरु खोजिरहेको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘यदि नेपालको अदालतले दोषि ठहर्याएर सजाय सुनाएको खण्डमा एकैपटक जेल बस्ने गरी फर्किने सोचमा हुनुहुन्छ, तर राय–सल्लाह लिने क्रम जारी छ,’

सन्दीपले चाहेजस्तो आफू उपस्थित नभइकन कानूनी लडाईं लड्न सक्ने अवस्था भने देखिँदैन । देवानी मुद्दामा वारेसमार्फत लड्न सकिने प्रावधान भए पनि फौजदारी मुद्दामा त्यस्तो सुविधा हुँदैन । त्यसैले सम्भवतः उनी केही दिनमा नेपाल फर्किनैपर्ने छ ।

सन्दीपमाथि अनुस’न्धान गरिरहेको प्रहरी उनको पर्खाइमा छ । सन्दीपले आफैं नेपाल आउने र कानूनी लडाईं लड्ने बताएकाले प्रहरीले थप कदम चाल्नु आवश्यक ठानेको छैन । तर, यदि उनी नेपाल आउन ढिलाइ गरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने हुनसक्ने प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया