शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सरकारी सम्पत्तिलाई चुनावि प्रचारप्रसारको ढाल नबनाऔँ

सोमवार , चैत्र २१, २०७८

नागरिकको करबाट विलासिताका वस्तु खरिद गर्दै आफ्नो शौख पुरा गर्ने र त्यहि वस्तुलाई चुनावि प्रचारप्रसारको ढाल बनाउन खोज्ने जनप्रतिनिधिलाई नागरिकले रामै्रसँग चिनेका छन् । प्रमुख अतिथिको लोभले पार्टीको टोल कमिटि गठनमा समेत कमलामाई नगरको गाडी प्रयोग गर्ने अनि अन्तिम समयमा राज्यको सम्पत्तिको दुरुपयोग हुन सक्ने भन्दै गाडीको चाबि हस्तान्तरण गर्दा जनप्रतिनिधि पानीमाथिको ओभानो हुन खोजेको स्पष्टै देखिन्छ । जिल्लाको सदरमुकाम भएकाले पनि कमलामाई नगरमा संघीयता आउनुअघिनै अन्य पालिकामा भन्दा सडक संजालको पहुँच धेरैनै थियो । तर, जनप्रतिनिधिले झण्डै तीस लाख बढि खर्चेर गाडी खरिद गरेका थिए । कम खर्च गरेर यातायातको समस्यालाई समाधान नगरि विलासितालाई प्राथमिकतामा राखेका जनप्रतिनिधिहरु चुनावको समयमा त्यागी बनेको देख्दा नगरवासिनै अचम्मित बनेका छन् । व्यक्तिगत कामकोलागि सरकारी गाडी दुरुपयोग गर्दै हिँड्दा कमलामाई नगरको गाडी पत्लैया हेटौँडा सडकखण्डमा दुर्घट्ना भई नगरकोषको लाखौँ रकम फजुलमा खर्च भएको थियो । कार्यकालमा सक्दो गाडीको दुरुपयोग गर्ने र अन्तिम समयमा गाडी हस्तान्तरण गरेर मनकारी हुन खोज्ने प्रवृद्धिलाई नागरिकले राम्रैसँग चिनेका छन् । तसर्थ, जिल्लाका हरेक जनप्रतिनिधिले सिन्धुलीवासी सचेत भइसकेका छन् भन्ने बुझ्न जरुरी छ ।

जिल्लामा कोरोना कहर बढिरहदा घ्याङ्लेख गाउँपालिका अध्यक्षले कोरोना संक्रमितलाई ओसारपसार गर्न गाढी बिरामीलाई सुम्पेका थिए । सरकारी सम्पत्ति नागरिकलाई आवश्यकता परेको बेला प्रयोग भएमा उक्त खर्च, खर्च हुदैँन, लगानी हुन्छ । त्यसैले, सरकारी सम्पत्तिको सदुपयोग गर्नतर्फ सरकारी कर्मचारी तथा जनप्रतिनिधिले जोड दिनुपर्दछ ।

कमलामाई नगरले गाडी हस्तान्तरण गरिरहदा नगरवासिले गाडीमा लागेको खर्चको हिसाबकिताब पनि मागिरहेका छन् । त्यसैगरि, नगरको नाममा प्रयोग भएको पेट्रोलियम पदार्थ र आफू नजिकका व्यक्तिलाई दिइएको तेलको हिसाबकिताब पनि नगरवासिले खोजिरहेको अवस्था छ । तसर्थ, नगरले नागरिकको गुनासोलाई सम्बोधन गर्दै पारदर्शि हुनुपर्दछ । त्यसैगरि, सरकारी सम्पत्ति जनप्रतिनिधिको चुनावि प्रचारप्रसारको ढाल हुन नदिन सरोकारवाला निकायले सचेत गराउन आवश्यक छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया