शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बिदेश लान्छु भन्दै ठग्ने व्यक्ति पक्राउ

सोमवार , आश्विन ४, २०७८

सिन्धुली – सिन्धुलीमा ठगि मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ठगि मुद्दामा एक वर्ष देखि फरार रहेका मरिण गाउपालिका वडा नं. ४ का ५३ वर्षिय शिबजी माझीलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

माझीलाई बैदेशिक रोजगार ठगि मुद्दामा वैदेशिक रोजगार न्यायधिकरण काठमाडौँबाट ०७७ पुष २२ गते भएको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

जरिवाना र कैद भुक्तान नगरि हाल सम्म फरार रहेका माझीलाई मरिण गाउपालिका ४ फुलबारी स्थित धान खेतमा फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । पक्राउ गरिएको माझीलाई आबश्यक कारबाहीको लागि सिन्धुली जिल्ला अदालत सिन्धुलीमा बुझाईएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया