शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कोराना संक्रमितको उपचारका लागि टिम गठन

सोमवार , बैशाख २७, २०७८

सिन्धुली – नयाँ भेरियन्ट सहितको कोरोना भाइरस कोभिड १९ को संक्रमितको उपचारको लागि गोलन्जोर गाउँपालिकाले कोभिड १९ व्यवस्थापन टिम गठन गरेको छ । गाउँपालिकाको सम्पूर्ण वडा स्तरको वस्तिमा गएर कोरोना भाइरसका संक्रमित विरामीको अवस्थामा अनुगमन तथा उपचारको लागि उक्त टिम गठन गरेको हो ।

माहामारीको समयमा कोभिड संक्रमित व्यक्तिहरुको उपचारको लागि दुइ जना अ.हे.व को नेतृत्वमा ल्याब टेक्निसियन सहित ६÷६ जनाको दुई टिममा अग्रपंक्तिमा खटाउने गाउँपालिकाले जनाएको छ ।

कोभिड १९ व्यवस्थापन टिम क र ख गरि गठन गरिएको छ । क टिममा अ.हे.व गोपाल कार्कीको संयोजकमा ल्याब टेक्निसियन विनिता राई, होमराज घिमिरे, विक्रम कार्की, राजु श्रेष्ठ र प्रताप माझी रहनु भएको छन भने ख टिम अ.हे.व तारा कुमार श्रेष्ठको संयोजकमा ल्याब टेक्निसियन संजिता तामाङ्ग, अमृत श्रेष्ठ, रुपा खड्का, सुन्दर श्रेष्ठ र पदमलाल श्रेष्ठ रहनु भएको छ । उक्त टिम परिचालनको लागि गाउँपालिकाले गाडीको समेत व्यवस्था गरेको छ ।

त्यस्तै नीजि आवास पुननिर्माणतर्फ सम्झौता गरि पहिलो किस्ता लिन २०७७ मंसिर मसान्तसम्म, दोस्रो किस्ता लिन २०७७ माघ मसान्त र तेस्रो किस्ता लिन २०७८ बैशाख मसान्त समय सिमा तोकिएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया