सिन्धुली,०८ बैशाख – सिन्धुली जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत छनौट भएका ५१ वटा सामुदायिक विद्यालयमा यो बर्ष चार करोड ६० लाख ५० हजार रुपैँया खर्च हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त कार्यक्रम अन्तर्गत छनौट गरेका ति विद्यालयमा कक्षा कोठा निर्माण, खानेपानी सहितको शौचालय निर्माण, कम्प्युटर प्रयोगशाला स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नबिन प्रविधि प्रबद्र्धन, सिकाई सामग्री तथा उपलब्धि अभिबृद्धि र विशेष विद्यालय व्यवस्था गर्न उक्त रकम छुट्याईएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।
ईकाईका अनुसार जिल्लामा रहेको कुल ५७५ वटा विद्यालय मध्ये राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत ५१ वटा विद्यालय छनौट भएका छन् । जिल्लामा रहेका नाँै वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहबाट ती विद्यालय छनौटमा परेका छन् । जिल्लाको घ्याङलेख गाँउपालिका र गोलन्जोर गाँउपालिकाबाट कुनै पनि विद्यालय छनौटमा पर्न सकेका छैनन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत कमलामाई नगरपालिकामा १७ वटा, दुधौली नगरपालिकामा छ वटा, तीनपाटन गाँउपालिकामा सात वटा, फिक्कल गाँउपालिकामा आठ वटा, मरिण गाँउपालिकामा चार वटा, सुनकोसी गाँउपालिकामा आठ वटा र हरिहरपुरगढी गाँउपालिकामा एउट विद्यालय छनौटमा परेको ईकाई प्रमुख शान्तिराम पौडेलले जानकारी दिनुभयो ।
सबै विद्यालय सम्बन्धित स्थानीय तहबाटै छनौट भई आएको र शिक्षा विकास तथा समन्वय ईकाईले छनौट भई आएका विद्यालयलाई माथिल्लो निकायसम्म पु¥याई दिने पुलको मात्रै काम गरेको उहाँले सुनाउनुभयो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत खर्च हुने बजेट मध्ये कमलामाई नगरपालिकामा एक करोड ८६ लाख रुपैया, तीनपाटन गाँउपालिकामा ६८ लाख ५० हजार रुपैया, सुनकोसी गाँउपालिकामा ५८ लाख ५० हजार रुपैया, फिक्कल गाँउपालिकामा ५२ लाख रुपैया, दुधौली नगरपालिकामा ५१ लाख रुपैया र हरिहरपुरगढी गाँउपालिकामा १८ लाख रुपैया विनियोजन भएको उक्त ईकाईले जनाएको छ ।
ईकाईका अनुसार दुई कोठाको कक्षा कोठा निर्माण गर्न छनौट भएका विद्यालयलाई १८ लाख रुपैयाका दरले, खानेपानी सहितको सौचालय निर्माण गर्न छनौट भएका विद्यालयलाई सात लाख रुपैयाका दरले, १० वटा कम्प्युटर सहित कम्प्युटर ल्याब स्थापना गर्ने विद्यालयलाई छ लाख ५० हजार रुपैयाका दरले, पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि छनौट भएका विद्यालयलाई छ लाख ५० हजार रुपैयाका दरले, शिक्षामा नबिन प्रविधि प्रबद्र्धन गर्न छनौट भएका विद्यालयलाई छ लाख ५० हजार रुपैयाका दरले, सिकाई सामग्री तथा उपलब्धी प्रबद्र्धन गर्न छनौट भएका विद्यालयलाई छ लाख ५० हजार रुपैयाका दरले र वशेष विद्यालयका लागि १० लाख रुपैया बजेट परेको छ ।
दुई कोठाको कक्षा कोठा निर्माण गर्न आठ वटा विद्यालय, खानेपानी सहितको सौचालय निर्माण गर्न दुई वटा विद्यालय, कम्प्युटर ल्याब स्थापना गर्न १३ वटा विद्यालय, पुस्तकालय तथा विज्ञान प्रयोगशालाका लागि सात वटा, शिक्षामा नबिन प्रविधि प्रबद्र्धनका लागि १३ वटा विद्यालय, सिकाई सामग्री उपलब्धि अभिबृद्धिका लागि आठ वटा विद्यालय र विशेष विद्यालयका लागि एउटा विद्यालय छनौट भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।