शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज फेरी घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

शुक्रवार , मंसिर १२, २०७७

काठमाडौं, १२ मंसिर - नेपाली बजारमा बिहिबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घ टेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छा पा वाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९० हजार ८ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११६५ रहेको महासंघले जनाएको छ ।

आज कति छ सुनको मूल्य ?

केहि दिनदेखि नेपाली बजारमा निरन्तर ओ रालो लागेको सुनको मूल्य आज स्थिर रहेको छ । आज सुनको मूल्य बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छा पा वा ल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय कायम गरिएको छ भने ते जा वी सुनको मूल्य ९१ हजार सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

घरेलु मदिराको प्रभाव सिन्धुलीमा धान भन्दा महंगो कोदो

कोदोबाट बन्ने घरेलु मदिराको माग बढ्न थालेपछि कोदोको मुल्य बढ्न थालेको छ । स्थानिय जातको कोदोको मुल्य हाल पाथीकै एक सय रुपैया भन्दा बढीमा कारोबार हुन थालेको स्थानिय बताउछन् । यहाँको महाभारत क्षेत्रमा फल्ने कोदोले मुल्य पाउन थालेको हो । कोदोको मदिरामा उपयुक्त हुने भन्दै कोदोको मदिराको माग बढ्न थालेपछि महाभारत क्षेत्रमा फल्ने कोदोले मुल्य पाउन थालेको स्थानियिको भनाई छ ।

यहाँको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, तीनपाटन गाँउपालिका, घ्यालेख गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका लगायतका माथिल्लो भुभागमा फल्ने कोदोले पछिल्लो समय बजार पाउन थालेको किसानले बताएका छन् । सामान्य रोटी तथा ढिडो खान प्रयोग हुदै आएको कोदो पछिल्लो समय घरेलु मदिराका लागि उत्कृष्ठ मानिदै आएको छ । कोदोको रक्सी धेरैको रोजाइमा पर्न थालेपछि ग्रामिण क्षेत्रको कोदोले भाँउ पाउन थालेको किसान बताउछन् । पहिलाको जस्तो कोदो बिक्री हुदैनकी भन्ने कुनै समस्या छैन, हरिहरपुरगढी गाँउपालिकाका स्थानिय चेतराम राईले भन्नु भयो, “धान ६० रुपैया पाथीमा कारोबार हुँदा कोदोको एक सय रुपैया पाथिमा सहजै कारोबार हुन्छ ।” उहाँले आफुहरुले लगाएको कोदोको मदिरा उत्कृष्ठ बन्ने भन्दै स्थानिय स्तरमै मदिरा बनाउन कोदो खपत हुने गरेको बताउनु भयो । विगत दश बर्ष अगाडीसम्म कोदोको भाउ थिएन, उहाँले भन्नु भयो, “होटलमा घरेलु मदिराको कारोबार बढेसँगै कोदोको माग बढेकाले कोदोको मुल्य बढेको हो । उहाँले कोदोको मुल्य बढ्दा किसानलाई फाइदा पुगेको बताउनु भयो ।

हामीले लगाएको कोदो चामलकै भाँउमा विक्री हुन्छ, गोलञ्जोर गाँउपालिका ४, तिनकन्याका अर्का स्थानिय प्रेम ठकुरीले भन्नु भयो,“एक सयदेखि एकसय पचास रुपैया पाथिले घरमै आएर कोदो किन्नेको लर्कोनै लाग्छ । कोदोको रक्सीको माग उच्च हुदै गएपछि विगत केहि बर्ष अगाडीसम्म मान्छेले खाइनसक्दा गाइबस्तुलाई खुवाउनुपर्ने कोदोले हाल मुल्य पाउन थालेको छ ।

धान नफल्ने खेत बारीमा मुख्य बालिको रुपमा मकै लगाइन्छ, मकै भित्र्याउने वित्तिकै कोदो लगाउने गरिन्छ । महाभारत क्षेत्रमा बर्षमा दुई बालि मात्रै हुने र ति दुई बालि मध्ये कोदोलाई पनि प्रमुख बालिकै रुपमा यस क्षेत्रका किसानले लिने गरेका छन् । आर्थिक रुपमा कमजोर र धान फल्ने खेत नभएका किसानले भने मकै र कोदोलेनै पेट पाल्दै आएका किसानलाई पछिल्लो समय चामलकै भाँउमा कोदो विक्री हुन थालेपछि किसानलाई चामलकै भात खान समस्या नहुने भएको छ ।

अब चामल र कोदो सरि साट्न सकिने भएको छ, ति किसानले भन्नु भयो,“त्यसैले यहाँका किसानले कोदो खेतीलाई समेत प्राथमिकतामा राख्न थालेका छन् ।” घरेलु मदिरा(रक्सि) बनाउने धेरैले आफुहरुले लगाएको कोदो किन्न आउने गरेको भन्दै बर्षेनी कोदोको भाँउ बढेको उहाँले बताउनु भयो । गत बर्षको तुलनामा कोदोको माग बढेको छ, अर्का एक किसान भन्नु भयो, “जति कोदोको मदिराको माग बढ्छ त्यतिनै हामी किसानले लगाएको कोदोको भाँउ बढ्छ ।”

व्यापारीले कोदोको मदिरा गाँउघर मात्रै नभएर सदरमुकामका होटलमा समेत राम्रो व्यापार गर्ने गरेका छन् । घरेलु मदिरालाई सरकारले अनुमती दिने भयो र बिक्री वितरणमा सहजता सरकारले ल्याएमा बाहिरी प्याकिङ रक्सि आयातमा घट्ने र किसानलाई समेत फाइदा हुने स्थानियको बुझाई छ । कोदोको रक्सि बिक्रीले कोदो खेती गर्ने किसान समेत बढ्ने भएकाले खेतीमा सरकारले समेत सघाउनुपर्ने स्थानियको भनाई छ ।

पछिल्लो समय सदरमुकामका अधिकांश होटलमा कोदोको मदिरा पाइन्छ । प्याकिङका ब्राण्डेड रक्सि सरहनै कोदोको रक्सिको व्यापार बढेपछि किसानलाई त्यसको प्रत्यक्ष फाइदा पुगेको हो । हामीकहाँ बाहिरबाट आयात हुने रक्सि भन्दा कोदोको रक्सि खाने ग्राहक बढी छन्, सदरमुकामै एक होटल व्यवसायीले भन्नु भयो, “प्रहरीले घरेलु मदिरा नियन्त्रण गर्ने अभियान राख्छ, तर घरेलु भन्दा आयातित रक्सिलाई बन्देज गरेर घरेलु मदिरालाई प्राथमिकता दिनु भयो यहाँका स्थानियको जिवनस्तरनै उक्सिन्छ ।” उहाँले किसान र व्यापारीलाई समेत प्रत्यक्ष फाइदा पुग्ने भन्दै घरेलु मदिराले गाँउघरका कोदो र मकैले राम्रो मुल्य पाउने बताए । विशेष गरि कोदो मकै तथा चामलको कनिका बाट बनाइने घरेलु मदिरा मध्ये कोदोको मदिराको माग उच्च छ । सबैको रोजाइमा कोदोकोनै रक्सि पर्ने गरेको स्थानिय बताउछन् ।

सिजन पहिले नै काँचो जुनार बिक्री गर्दा सिन्धुलीका किसानलाई चि न्ता

सिन्धुली जिल्लामा सिजन पहिले नै काँचो जुनार बिक्री गर्न सुरु गर्दा व्यवसायिक जुनार खेती गर्ने किसानहरु चि न्तित बनेका छन् ।

सिजन पहिले नै जुनार बिक्री गर्दा त्यस्को स्वाद अ मिलो हुने र त्यसले जुनारको ब द्नाम हुने भन्दै व्यवसायिक जुनार खेती गर्ने किसानहरु चि न्तित भएका छन् । बारिका कान्लामा पाँच/सात बोट जुनार हुनेले चाडपर्वलाई लक्षित गरी खर्च जुटाउन सिजन पहिले नै काँचो जुनार बजारमा पु र्याई बिक्री गर्ने गरेको व्यवसायिक किसानको गु नासो छ ।

जुनार उत्पादनका लागि प्रशिद्ध सिन्धुली जिल्लामा सिजनभन्दा पहिले नै काँचो जुनार बजारमा आउन थालेको छ । व्यवसायिक रुपमा जुनार खेती गर्दै आउनु भएका गोलन्जोर गाँउपालिका–४ तीनकन्याका किसान बिरबहादुर अस्थानी काँचो जुनार बिक्री गर्दा सिजनमा पाकेको जुनार बिक्री गर्न अप्ठेरो पर्ने बताउनुहुन्छ । अहिले काँचो जुनार बजारमा प्रतिदान आठ रुपैयासम्ममा बिक्री भई रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सिन्धुलीको जुनार कोसेलेको रुपमा देशका बिभिन्न सहरमा पुगेर लोकप्रिय भई जुन पहिचान बनाएको छ, काँचो जुनारले उक्त पहिचान गुमाई उल्टै बद्नाम हुने चिन्ता थपिएको छ ।” यता काँचो जुनार बिक्री गर्ने किसानहरुले भने चाडपर्वका कारण खर्चको जोहो गर्न सिजनभन्दा पहिले नै काँचो जुनार बजारमा ल्याएर बिक्री गर्नु परेको बताएका छन् ।

सिजनभन्दा पहिले नै बजारमा आउन थालेपछि जुनारको गुणस्तर जोगाउन जुनार विकास संघले स्थानीय एफएम रेडियो मार्फत सूचना जारी गरी काँचो जुनार बिक्री नगर्न किसानहरुलाई अनुरोध गरेको छ । काँचो जुनार बिक्री गर्दा कागती जस्तै अमिलो हुने र त्यसले जुनारको पनि बद्नाम हुने भएकाले जुनार पाकेपछि मात्रै बिक्री गर्न किसानलाई अनुरोध गरेको संघका अध्यक्ष कर्णबहादुर आलेमगरले जानकारी दिनुभयो ।

उहाँले मंसिर महिनाको दोश्रो हप्तादेखि जुनारको सिजन सुरु हुने भएकाले किसानलाई त्यसबेलासम्म जुनार बिक्री नगर्न सम्झाएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “जुनार क्षेत्रमा रहेका ३६ वटा जुनार सहकारीलाई पनि काँचो जुनार बिक्री नगर्न जानकारी गराएका छौं ।” तर किसानले अटेर गरी काँचो जुनार बिक्री गरि रहेको उहाँको गुनासो छ ।

“गुणस्तरिय भएकाले अहिलेसम्म सिन्धुलीको जुनारले नेपालमै नाम कमाएको छ”, संघका अध्यक्ष आलेमगरले भन्नुभयो, “काँचो मै बिक्री गर्दा भविष्यमा जुनारको बजार पनि साँघुरिन्छ ।’

जुनार छिट्टै बोटबाट टिप्दा अर्को बर्ष फल्ने ग्यारेण्टी हुने र सिजनभन्दा पहिले बजारमा पु¥याउन सके भाँउ पनि राम्रो पाईने गोलन्जोर गाँउपालिका–५ रतनचुरा निवासी एक किसानले नाम उल्लेख नगर्ने शर्तमा बताउनुभयो । तराईका व्यापारीले किसानको घर–घरमा नै गई जुनार खरिद गरेका छन् ।” सिन्धुलीमा उत्पादित जुनार सदरमुकाम सिन्धुलीमाढी, काठमाण्डौ, बिराटनगर, तराईका विभिन्न बजारहरु र भारतको सितामाढी हुदै पटनासम्म निर्यात हुने गरेको किसानको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका अनुसार तीनकन्या, रतनचुरा, बाशेश्वर, जलकन्या, मझुवा, दुम्जा, भुवनेश्वरी लगायतका ठाँउमा झण्डै आठ हजार किसानले व्यवसायिक रुपमा जुनारको खेती गर्दै आएका छन् ।

जुनारमा फल कुहाउने औसा पार्ने झिं गा चाइनिज सि ट्रस फ्लाई ब्या क्ट्रोसेरा मि न्याक्स प्र कोप देखिए पनि गत बर्षबाट ७० प्रतिशत जुनारमा उक्त कि राको प्रकोप न्युनिकरण भएको सुपर जोनका प्रमुख देवराज अधिकारीले जानकारी दिनुभयो । “जुनारमा भेटिएको किरा नि यन्त्रणउन्मुख भएको छ,” उहाँले भन्नुभयो ।

व्यावसायिक जुनार खेतीले घर खर्च चलाउन र छोराछोरीको पठन पाठनमा समेत सहयोग पुगेको किसानको भनाई छ । सुपर जोनका अनुसार महाभारत क्षेत्र अन्तर्गत सामुन्द्रिक सतहबाट आठ सय मिटर माथी र १२ सय मिटरको जमिन जुनार खेती गर्न उपयुक्त स्थान मानिन्छ । सिन्धुली जिल्लामा अहिलेसम्म एक हजार ३२५ हेक्टर जमिनमा जुनार खेती हुदै आएको छ । गत बर्ष जिल्लाम आठ हजार मेट्रिक्टन भन्दा बढी जुनार उत्पादन भएको थियो ।

सिन्धुलीमा जुनार र भुई कटहरको जुस लोकप्रिय बन्दै

गोलन्जोर(सिन्धुली), – सिन्धुली जिल्लामा जुनार र भूई कटहरबाट उत्पादित जुस, स्क्वास, जाम र जेली उपभोक्ता माझ लोकप्रिय बन्दै गएको छ ।

बजारमा किन्न पाईने कोकाकोला र फेण्टा लगायतका पेय पर्दार्थको तुलनमा स्वास्थ्यपर्दक र स्वादिष्ट भएकाले जुनार र कटरबाट उत्पादित जुस, स्क्वास लगायतका सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उत्पादकले जनाएका छन् ।

जिल्लाका किसानहरु सहकारीमा आवद्ध भई सिजन अनुसार जुनार र भुई कटहरको जुस स्क्वास, जाम र जेली उत्पादन गर्न थालेका हुन् । हाल जिल्लामा जुनार प्रशोधन केन्द्र गोलन्जोर गाँउपालिका–५ रतनचुरामा दुई वटा र वडा नं. ४ तीनकन्यामा एउटा सञ्चालनमा रहेका छन् ।

 

सिजनमा रतनचुरामा रहेको सिन्धुली जुनार प्रशोधन सहकारी संस्थाले पाँच हजारदेखि सात हजारसम्म र प्रगती जुनार प्रशोधन सहकारी संस्थाले आठ हजारदेखि १० हजार बोतल स्क्वास, जुस, जाम र जेली उत्पादन गर्दै आएको जनाएका छन् । तीनकन्यामा सञ्चालनमा रहेको लाङ्घाली जुनार प्रशोधन उद्योगले पनि जुनार र भुईकटहरको सिजन अनुसार तीन÷चार हजार बोतल स्क्वास, जुस, जाम र जेली उत्पादन गर्ने गरेको जनाएको छ ।

गाँउमै जुनार र भुई कटहरको प्रशोधन केन्द्र खुलेपछि किसानहरुलाई आफ्नो उत्पादन बेचविखन गर्न सजिलो भएको लाङ्घाली जुनार उद्योग सञ्चालक शन्तबहादुर सिंजालीमगर बताउनुहुन्छ । स्क्वास, जुस, जाम र जेली बनाउने सात दिने तालिम पाँच बर्षअघि स्थानीय विकास कोषबाट लिएपछि करिब तीन लाख रुपिया लगानी गरी व्यवसाय गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बेमौसममा पनि विक्रि हुने भएकाले आफुले जुनार र भुई कटहरको स्क्वास लगायतको सामग्री उत्पादन तिर लागेको उहाँको भनाई छ ।

त्यसो त उद्यमीहरुको भनाई अनुसार उत्पादित जुस स्क्वास, जाम र जेलीको बजार भनेको सदरमुकाम सिन्धुलीमाढी र राजधानी काठमाडाँै लगायतका तराईका सहर रहेका छन् । स्क्वासको खुद्रा मूल्य प्रतिबोतल(५००एमएल) एक सय रुपैया, जाम र जेलीको प्रतिबोतल १६० रुपिया खुद्रा मूल्यमा विक्रि भई रहेको छ । ‘जुनार र भुईकटहरको स्क्वास, जुस, जाम, जेली बनाउदा सिजन अनुसार हुने कमाईले घरखर्च र केटाकेटी पढाउन धानेको सिंजालीमगरको भनाई छ ।

त्यस्तै सिन्धुली जुनार प्रशोधन सहकारी संस्थाका अध्यक्ष निर्मलकुमार रम्तेल प्रशोधन केन्द्र सञ्चालन भएपछि गाँउका जुनार उत्पादक किसानहरुको आय आर्जनमा टेवा पुगेको बताउनुहुन्छ ।

गाँउकै ५२ जना किसानहरु मिलेर उक्त सहकारी सञ्चालन गरेको र करिब साँढे तीन लाख रुपियाको लगानीमा तीन वर्ष अघिदेखि प्रशोधन केन्द्र सञ्चालन गरेको उहाँको भनाई छ । ‘जुनारलाई ए, बी र सी गरी तीन ग्रेडमा बर्गिकरण गरपछि कुहिएर जाने सि ग्रेडको जुनारबाट जुस, स्क्वास, जाम र जेली उत्पादन गर्छौ’ उहाँले भन्नुभयो ।

पुस/माघ महिनातिर जुनार पेलेर स्क्वास लगायतका सामग्री उत्पादन हुने गरेको सहकारीले जनाएको छ ।

जिल्लामा भुईकटहरका लागि कमलामाई नगरपालिका लोकप्रिय रहेको छ भने जुनार खेती करिब एक हजार सात सय हेक्टर जमिनमा हुदै आएको छ । जलकन्या, रतनचुरा, तीनकन्या, बाशेश्वर, बितिजोर, मझुवा लगायतका ठाँउ जुनार खेतीको पकेट क्षेत्रको रुपमा रहेको जुनार उत्पादक जिल्ला सहकारी संघले जनाएको छ ।

एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत उत्पादन भएको जुनार समेत उक्त सहकारी मार्फत विक्रि हुन थालेको अध्यक्ष रम्तेलको भनाई छ ।

प्रतिक्रिया