शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

दशैंको मुखमा सिन्धुलीका किसानलाई धान भित्र्याउने चटारो

बुधवार , कार्तिक ५, २०७७

सिन्धुली,५ कार्तिक – कमलामाई नगरपालिका वडा नं. ३ चपौलीका किसानलाई दशैंको मुखमा धान बाली भित्र्याउने चटारो परेको छ ।

यतिखेर चपौलीका किसान धान काट्न र भित्र्याउन व्यस्त रहेका स्थानीय किसानले बताएका छन् । चपौलीमा ५० प्रतिशत भन्दा बढी किसानले धानबाली भिœयाई सकेको स्थानीय किसान बेदमाया देवकोटाले जानकारी दिनुभयो ।

यो बर्ष बर्षादको मौसममा आकासबाट पानी परि रहेको र मौसमले पनि साथ दिएकोले चपौलीमा धान उत्पादन बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरौ नै बिरौटो खेतको एउटा कित्तामा बर्सेनि ११/१२ मुरी धान उत्पादन हुन्थ्यो । यो बर्ष झण्डै २५ मुरी नै उत्पादन भयो ।”

स्थानीयका अनुसार उच्च पहाडी भेग रहेकोले चपौलीका किसानले प्रत्येक बर्ष जेठको पहिलो सातादेखि नै रोपाइँ गर्दछन् । पोख्रेली र खुमल ४ चपौलीमा उत्पादन हुने लोकप्रिय धान हो । ढिलो रोपे पछि ठण्डीले धानको बाला नलाग्ने भन्दै चपौलीका किसानले पोख्रेली र खुमल ४ जेठको पहिलो सातामा नै रोप्दै आएका छन् ।

सोही ठाँउका किसान सन्तोष कार्की चपौलीमा अहिले धान काट्न मारामार नै रहेको छ । “सबै किसान दशैं अघि नै धान भित्र्याएर चाडपर्व ढुक्कले मनाउने सुरमा लागेका छन्,” उहाँले भन्नुभयो, “ज्यालादारी श्रमीकको अभावमा सबैले पर्म (पालैपालो काम गर्ने) लगाएर धान बाली भित्र्याएका छन् ।” चपौलीका अधिकांस किसान कृषि पेशामा आश्रीत रहेको उहाँले सुनाउनुभयो ।

उक्त वडाका सचिब बिरेन्द्र देवकोटा वडा नं. ३ मा ४५१ घर परिवार रहेका र अधिकांस परिवारको मुख्य पेसा कृषि नै रहेको बताउनुहुन्छ । उहाँले चपौलीमा अहिले झण्डै ६० प्रतिशत किसानले धानबाली भिœयाई सकेको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया