शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

‘म हा मा रीमा घर बस्दा सन्तान उत्पादन गरौं’

बुधवार , आश्विन २१, २०७७

काठमाडौं, २१ असोज – विश्वमा सबैभन्दा थोरै सन्तान उत्पादन दर भएका मुलुकमध्ये सिंगापुर पनि हो । नयाँ पुस्तामा बिहेवारी नै नगर्ने, गरे पनि बच्चा जन्माउन आ नाकानी गर्ने र महिला र पुरुषको आवश्यकता पूर्तिको लागि लिभिङ्ग टुगेदरको जीवन शैली अपनाउने भएपछि सिंगापुरमा अन्य विकसित मुलुकमा झैँ जनसंख्याको तुलनामा ज न्मदर अ त्यन्त कम देखिएको हो ।

पर्याप्त जनसंख्याको अभावमा भविष्यमा आइपर्नसक्ने सामाजिक,आर्थिक तथा राजनीतिक स मस्या समाधानको लागि सरकारले आफ्ना नागरिकलाई धेरै सन्तान उत्पादनको विभिन्न योजना र कार्यक्रम घोषणा गर्दै आएको छ । तरपनि त्यसतर्फ खासै उपलब्धि हासिल नभएको अवस्थामा अहिलेको म हा मा रीलाई सन्तान उत्पादन गर्ने सुनौलो अवसरको रूपमा ग्रहण गर्न त्यहाँकी उपप्रधानमन्त्री हङ्ग स्वी किटले आर्थिक प्याकेजसहित अनुरोध गर्न लागेको बताएकी छन् ।

नयाँ प्रस्तावमा ‘म हा मा रीका कारण धेरै समय घरभित्रै बस्नुपर्ने अवस्थामा दम्पत्तिलाई सन्तान उत्पादनको लागि उपयुक्त अवसर मिलेकोले त्यसतर्फ अग्रसर हुने अभिभावकलाई एक पटकको लागि गतिलो आर्थिक सुविधा प्रदान गर्ने’ बताइएको छ । सिंगापुरमा हरेक युवा दम्पतिले सन्तान उत्पादनलाई आर्थिक बो झको रूपमा लिने गरेका छन् ।

कामकाजी अभिभावकलाई राम्रै आर्थिक सहयोग पुग्ने गरी सरकारले सन्तान उत्पादनमा जोड दिँदै आर्थिक प्याकेजको घोषणा गर्न लागेको हो । सरकारले विधायकहरुसँगको छलफलमा भनेको छ ‘म हा मारीको समयमा घरभित्र त्यत्तिकै बस्नुभन्दा सन्तान उत्पादनको लागि आवश्यक तयारी गर्न प्रोत्साहन गरिने छ ।’

म हा मारीले अन्य मुलुकमा झैँ त्यहाँपनि सार्वजनिक स्वास्थ्यमा भएको अ त्यधिक खर्च र न्यून आयले सिंगापुरको अर्थतन्त्रमा गहिरो म न्दी देखिन थालेको छ । कोरोनाको कारण पछिल्लो छ महिनामा कूल गार्हस्थ्य उत्पादन १२.६ प्रतिशतले घटेको छ ।

जन आस्थाबाट साभार

फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिका

 

नेपाली चलचित्र क्षेत्रमा कलाकार भनेकाे सबै दर्शकले रूचाएर चर्चामा छाउने हुन् । त्यस्तै सामाजि संजाल फेसबुकमा सर्वाधिक लोकप्रिय ५ नेपाली नायिकाकाे चर्चा गर्न गएका छाैँ । कुन नायिका कति नम्बरमा छिन् त्याे पनि बयान गर्दै छाैँ ।

रेखा थापा

रेखा थापा नेपाली चलचित्र उद्योगमा ‘सुपरस्टारडम’को ल्याकत राख्ने एउटै नायिका हुन्। उनको चलचित्रमा नायक को हुन्छन भन्ने कुराले खासै महत्व राख्दैन्। उनको नामै चलचित्र सफल हुन पर्याप्त हुने गरेको छ।

उनको भेरिफाइड पेजमा ३३ लाख ७० हजार भन्दा बढि लाइक छ जुन दोस्रो स्थानमा रहेकी प्रियंका कार्की भन्दा झण्डै दोब्बर बढि हो। रेखा थापा फाउण्डेसनबाट समाजसेवा र रेखा फिल्मस्बाट चलचित्र निर्माणमा सक्रिय रहेकी थापा राजनैतिक रुपमा समेत सचेत नायिका मानिन्छन्। फेसबुकमा सक्रिय रहेकी थापाले लगातार पोस्ट गरेकी छिन् जसमा फ्यानहरुले लाइक र कमेन्टको वर्षा गर्ने गरेका छन्।

 प्रियंका कार्की

प्रियंका कार्की यतिखेर सबैभन्दा बढि मिडियामा छाउने नायिका हुन्। वर्तमानमा धेरै व्य स्त र लोकप्रियताको ग्राफमा उक्लिरहेकी कार्की वि वादमा पनि आउने गरेकी छिन्। उनको भे रिफाइड फेसबुक पेजमा २१ लाख ७४ हजार भन्दा बढि लाइक छ।

अमेरिकाबाट चलचित्र सम्वन्धी अध्ययन गरेकी उनले नृत्य र अभिनयमा राम्रो छाप पार्न सफल भएकी छिन्। उनलाई फेसबुकमा आधारमा दोस्रो लोकप्रिय र चर्चित नायिका भनेर चिनिन्छ । उनको पेजमा पनि निरन्तर पोस्ट भइराख्छन् र तीनमा निकै राम्रो ‘फ्यान इन्गेजमेन्ट’ देखिन्छ।

 नम्रता श्रेष्ठ

नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्र उद्योगकी सुन्दर नायिकामा पर्दछिन्। उनको करिअरलाई झण्डै त हसनहस पारेको ‘से क्स स्क्या ण्डल’लाई बिर्साउँदै उनले जुन फड्को मारिन त्यसलाई जति प्रशंसा गरेपनि कमै हुन्छ। श्रेष्ठको भे रिफाइड पेजमा १५ लाख ३२ हजार भन्दा बढि लाइक छ जुन दोस्रो नम्वरमा रहेकी प्रियंका कार्की भन्दा केही हजार मात्र कम हो।

सानो संसारबाट नेपाली चलचित्र उदयोगमा डेब्यु गरेकी नम्रता श्रेष्ठले कयौं सफल चलचित्रमा काम गरि सकेकी छिन्। उनको पेजमा पोस्टहरु नियमित छैनन्। उनले प्राय फोटो पोस्ट गर्ने देखिएको छ ।

 केकी अधिकारी

नायिका केकी अधिकारी पछिल्लो समयमा चलचित्र उद्योगमा आएकी राम्री र चर्चित नायिका मध्येकी पर्दछिन। निकै शालिन व्यक्तित्वकी धनी अधिकारीको अभिनय क्षमता समेत अब्बल मानिन्छ। उनको भेरिफाइड पेजमा १० लाख ५० हजार भन्दा बढि मानिसले लाइक गरेका छन्। उनले आफ्नो पेजमा प्राय जस्तो दैनिक एउटा पोस्ट गर्ने गरेकी छिन्। उनका प्राय पोस्ट तस्विर हुने गरेका छन् जसमा प्रशस्तै लाइक कमेन्ट आउने गरेका छन। फेसबुकलाई नै चर्चा र लोकप्रियताको आधार मान्ने हो भने उनलाई नेपाली पाँचौ सर्वाधिक चर्चित र लोकप्रिय नायिका भन्न सकिन्छ।

 सुष्मा कार्की

बोल्ड र बिन्दास नायिकाको छवि बनाएकी सुष्मा कार्की फेसबुक लोकप्रियताका आधारमा चौथो नम्वरमा छिन्। उनलको भेरिफाइड पेजमा ७ लाख ९३ हजार भन्दा बढिले लाइक गरेका छन्। कार्की दर्शकमाझ सेक्सी नायीकाको रुपमा परिचित छिन्। उनका पोस्टमा तस्विर र भिडियो पनि देख्न पाइन्छ। कार्यक्रम प्रस्तोता, मोडल हुँदे चलचित्र जगतमा छिरेकी कार्कीले मेरो एउटा साथी छ बाट डेब्यु गरेकी थिइन् । उनको भविष्यमा राम्रो गृहिणी र चलचित्र निर्माता बन्ने रहर छ।

अमेरिकाबाट चलचित्र सम्वन्धी अध्ययन गरेकी उनले नृत्य र अभिनयमा राम्रो छाप पार्न सफल भएकी छिन्। उनलाई फेसबुकमा आधारमा दोस्रो लोकप्रिय र चर्चित नायिका भनेर चिनिन्छ । उनको पेजमा पनि निरन्तर पोस्ट भइराख्छन् र तीनमा निकै राम्रो ‘फ्यान इन्गेजमेन्ट’ देखिन्छ।

प्रतिक्रिया