सिन्धुली,१९ असोज – सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा आन्तरिक राजश्व कार्यालय जनकपुर मातहतको करदाता सेवा कार्यालय खुलेसँगै व्यवसायिहरु थ र्कमान भएका छन् ।
जिल्लामा बर्सेनि कर छलेर अ नै तिक ढंगले करोडौं रुपैयासम्म कमाउदै आएका व्यवसायिहरु उक्त कार्यालय स्थापना भएसँगै ड राएर थ र्कमान् भएका हुन् । विगतमा जिल्लामा भएका हार्डवयर पसल, केबुल लाईन, निर्माण व्यवसायसँग सम्बन्धित फर्म लगायतका व्यवसायिले उक्त कार्यालय नहुदा राजश्व छली गरेर अ बैद्य रुपमा का लोधन कमाउदै आएको स्थानीयले बताएका छन् ।
“भर्खरै करदाता सेवा कार्यालय स्थापना भएसँगै व्यवसायिहरु ड राएका पनि छन्,” सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अम्रेशचन्द्र बैदारले भन्नुभयो, “उक्त कार्यालय खुल्दैमा ड राई हाल्नु पर्दैन । जस्ले कर छ लीगर्ने जस्ता अ वैद्य गतिविधि गरेका छन्, त्यस्ता व्यवसायि त ड राउनु स्वभाविक नै हो । ईमान्दार काम गर्नेलाई केही हुदैन ।”
जस्ले राम्रो काम गर्दैन उस्ले कारबाही भोग्नै पर्ने बताउदै उहाँले जिल्लामा स्थापना भएको करदाता सेवा कार्यालयको सिन्धुली उद्योग बाणिज्य संघले स्वागत गरेको सुनाउनुभयो । करदाता कार्यालय स्थापनासँगै सेवाग्राहीलाई कर तिर्नकै लागि जनकपुर धाउनु पर्ने बा ध्यताबाट मु क्ति मिलेको संघका अध्यक्ष बैदारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “समय र खर्चको बचतसँगै छिटोछरितो ढंगबाट अब सेवा लिन पाईने भएको छ । जनताको सहज रुपमा काम हुने भएको छ ।” लामो समयदेखि करदाता सेवा कार्यालयको माग हुदै आएको सिन्धुली जिल्लामा भर्खर उक्त कार्यालय स्थापना भएको छ । कमलामाई नगरपालिका–५ मधुटारमा उक्त कार्यालय स्थापना भएको हो ।
कार्यालय प्रमुख (कर अधिकृत) चन्द्र दाहालले अहिले बोर्ड झुण्ड्याएर कार्यालय स्थापना मात्रै भएको जानकारी दिदै सेवा सुचारु गर्न भने बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आन्तिरिक व्यवस्थापनको काम गरि रहेका छौं । जतिसक्दो चाँडै सेवा सुचारु गर्ने गरी आन्तरिक काममा लागेका छौं ।”
उहाँका अनुसार अहिले उक्त कार्यालयमा एक जना कर अधिकृत, दुई जना नायब सुब्बा, एक जना सुपरभाईजर, एक जना चालक र एक जना कार्यालय सहयोगीको दरबन्दि रहेको छ ।
जिल्लामा विगतमा नियमन गर्ने राजश्व कार्यालय नहुदा भ्या ट छ लेर अ बैद्य रुपमा अ कुत सम्पत्ति आर्जन गर्ने व्यवसायि धेरै रहेको स्थानीयको भनाई छ । सिन्धुलीका पत्रकार कृष्णहरी घिमिरे भ्याट बिल छ लेर का रोबार गर्न पल्किएका व्यापारीहरुलाई जिल्लामै राजश्व कार्यालय स्थापना भएपछि आं तकित हुनु स्वाभाविक भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “व्यापारी घराना, निर्माण व्यवसायमा सम्बद्ध फर्महरुले कर छ लेर कारोबार गरि रहेका छन् । अब जिल्लामा नै उक्त कार्यालय बसेपछि उस्ले चाँहदा जतिखेर पनि ‘फुल अडिट’ को रुपमा कारोबार हेर्न सक्ने भयो । अधिकांस व्यापारीले कन्सल्टेन्सि हायर गरी कारोबार गरेका छन् । तर ती कन्सल्टेन्सि नाम मात्राका छन् ।”
जिल्लाका धेरैजसो व्यापारीसँग भ्याट बिल नभएको जानकारी दिदै उहाँले भ्याट बिल भएका व्यापारीले पनि भ्याट बिल प्रयोग नगरी र थोरै का रोबार देखाएर कर छ ल्दै आएको बताउनुभयो ।