शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आमाछोरीको 'हिट' जोडी, टिकटकदेखि म्युजिक भिडियोसम्म

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौं, २६ भदौ - कहिले नेपाली गीतमा, कहिले हिन्दीमा नाच्दै । कहिले गाउँदै त कहिले अभिनय गर्दै । भक्तपुरकी रिना रानाभाट यी प्रायः काम आफ्नी छोरी वर्षासँग गर्छिन् । अनि भिडियो बनाएर टिकटकमा हाल्छिन् ।

यतिबेला यी आमाछोरीको जोडीको चर्चा टिकटकमा चुलिँदो छ । उनीहरूको एकाउन्टमा झन्डै ४४ लाख फलोअर्स छन् भने भिडिओ लाइक १ करोडभन्दा बढी पुगेको छ ।

आमाछोरी रिना र वर्षा टिकटक भिडिओमा निकै फूर्तिला देखिन्छन् । दुईको जोडी नृत्यदेखि अभिनयसम्म बाँ’धि’एको छ । उनीहरूका प्रशंसक पनि धेरै छन्। रिनाका अनुसार उनका भ्युअर्सले पनि आमाछोरीको जोडी रूचाएका छन्।

'कुनै भिडिओ एक्लै बनाए 'छोरी खै, कस्तो खल्लो देखियो' भन्दै प्रतिक्रिया आउँछन्,' रिनाले भनिन् । रिनाको एकल भिडियोमा मात्र होइन, वर्षाको एकल भिडिओमा पनि 'आमा खै त' भन्नेको कमी हुँदैन।

ल क डा उ न भएसँगै उनीहरूका टिकटक भिडियो 'भा इ र ल' हुन थालेको हो। ल क डा उ नकै कारण वर्षा फुर्सदिलो पाराले घर बस्न पाइन्। कक्षा ८ मा अध्ययनरत उनलाई पहिले बिहानैदेखि स्कुल-पढाइ भन्दाभन्दै टिकटक बनाउने फुर्सद कहाँ हुन्थ्यो र!

'कहिलेकाहीँ शनिबार अथवा बिदाको दिन ममीसँग भिडियो बनाउँथे। तर लकडाउन भएर धेरै बनाउन पायौं,' वर्षा पनि आमासँग भिडिओ बनाउँदा निकै खुसी छन्। अहिले उनीहरू दिनकै जसो नयाँ भिडियो पोष्ट गर्छन्।

यिनै टिकटकका भिडिओले अहिले उनीलाई म्युजिक भिडियोसम्म पुर्‍याइसकेको छ। रिना र वर्षा पहिलो चरणको ल क डा उन खुलेसँगै 'चट्टै माया फरर..' बोलको तीज गीतको भिडियोमा देखा परेका छन्।

वर्षा र एक छोराकी आमा रिना गृहिणी हुन् । सामान्यतया उनी बिहान र साँझ परिवारसँग समय बिताउँथिन् । सासूससुरा र जेठाजुका परिवार पनि सँगै छन् । तर छोराछोरी स्कुल र श्रीमान काममा जाँदा उनी दिनभर कोठामा एक्लै हुन्थिन् ।

करिब दुई वर्षअघि माइती इटहरी जाँदा कुरैकुरामा रिनालाई बहिनीहरूले भनेछन्, 'तपाईं घरमै बस्ने । दिनभर के गर्नुहुन्छ ? टिकटक चलाउनू । राम्रो टाइमपास हुन्छ ।'

बहिनीहरूले भनेझैं त्यसैबखत रिनाले टिकटक इन्स्टल गरिन् । सुरू-सुरूमा अरूका भिडियो हेर्थिन्, रमाउँथिन् । विस्तारै आफैं भिडिओ बनाउन थालिन्। त्यसताका टिकटक दिन कटाउने माध्यम बनेको थियो ।

'त्यो बेला अरूका भिडियो मात्र हेर्थेँ । आफैं बनाए पनि सार्वजनिक गर्थिनँ,' रिना भन्छिन्, 'अ प्ठ्या रो लाग्थ्यो । पछि एक-दुइटा भिडियो पोष्ट गर्दै गएँ। त्यो बेला भिडियो भाइरल हुन्थेनन् ।'

विगत एक वर्षदेखि टिकटकमा सक्रिय उनलाई अचेल भिडिओ बनाउन खुबै रमाइलो लाग्छ । रिना र वर्षाका भिडियो हेर्दा दुवै नाच्न सिपालु पनि देखिन्छन् । तर रिनाले नृत्यमा कुनै ‌औपचारिक कक्षा लिएकी छैनन् । न वर्षाले नै ।

रिनालाई सानैदेखि नाच्न रमाइलो लाग्थ्यो। विवाहअघि गाउँघरमा भेला हुँदा नाचगानमा उनी अघि सर्थिन्। ठूलाबडा खुसी भएर पैसा समेत थमाउँथे रे।

'बिहेपछि श्रीमानलाई भनेर कोठामा ठूलो ऐना र क्यासेट राख्न लगाएकी थिएँ,' रिनाले भनिन्, 'एक्लै हुँदा गीत बजाउँदै त्यही ऐनाअगाडि नाच्थेँ।'

आमाको यस्तै स्वभावबाट वर्षा प्रेरित छिन् । आफूले आमाबाटै नृत्य सिकेको वर्षा बताउँछिन् ।

प्रायः नेपाली गीत रूचाउने उनीहरूलाई एउटा भिडिओ बनाउन १० देखि १५ मिनेट लगाउँछन्। पहिले गीत सुन्छन्, के-कस्तो 'स्टेप्स' गर्ने सल्लाह गर्छन्, अनि 'सुटिङ' का लागि तयार हुन्छन्। भिडिओ बनाउन रिनाकी भतिजी बन्दना रानाभाटले सघाउँछिन् ।

[caption id="attachment_100584" align="alignnone" width="960"] रिना रानाभाट आफ्नी छोरी वर्षासँग।[/caption]

अहिले यी दुई जोडीको भिडिओ प्रतिक्रिया हेर्ने हो भने निकै सकारात्मक र प्रोत्साहजनक छन्।

अझ सबभन्दा धेरै आउने कमेन्ट हो- आमाछोरी त दिदीबहिनी जस्ता। साँच्चै आमाछोरी हो ?

रिना र वर्षाको उमेर अन्तर २० वर्ष हो। तर केही समयअघि दर्शकले 'भाइरल बन्न झुट बोलेको', 'सौतेनी आमाछोरी पो हो कि', 'दिदीबहिनी हुन सक्छ' भन्दै प्रतिक्रिया जनाउँथे।

'त्यसरी दुःख गरेर जन्माएर हुर्काएकी छोरीलाई सौतेनी हो कि भन्दा चि त्त दु ख्थ्यो। प्रायःलाई आफ्नै छोरी हो भन्दै जवाफ दिन्थेँ। अहिले धेरै भिडिओ देख्नु भएपछि त्यस्तो कमेन्ट कम देखिन्छ,' रिना सामाजिक सञ्जालको अनुभव सुनाउँछिन्।

रिनाले सानै उमेरमा बिहे गरेकी हुन्। त्यसैले छोराछोरी र उनीबिच धेरै उमेर अन्तर छैन।

'भा गी विवाह गरेको मैले, जम्मा १४ वर्षकी थिएँ,' बिहेको एक वर्षपछि उनी छोराकी आमा बनिन्। रिनालाई छोरा स्या हा रेको त त्यति याद पनि छैन रे। उनकी सासूआमाले नै सबथोक गरिदिइन्। छोरा ५ वर्ष हुँदा वर्षालाई जन्म दिएकी हुन्।

सानै उमेरमा आमा बनेकी रिना घरमै रहिन्। आठ कक्षा पढ्दापढ्दै बिहे गरेकी उनलाई पढाइ निरन्तरता दिन ससुराबुवाले पटक-पटक झक्झकाइरहन्थे। तर रिनाले स्कुल जाने सोच बनाइनन्। श्रीमानले समेत पढ्न सम्झाइरहेपछि ६ महिने अंग्रेजी कोर्स भने गरिन्।

नाच्न खुबै रूचाउने रिना कुनै समय 'डान्स कोरियोग्राफर' बन्ने सपना देख्थिन्।

'टिभीमा डान्स रियालिटी कार्यक्रम हेर्दा म पनि कोरियोग्राफर बन्छु भन्ने हुन्थ्यो,' उनी सुनाउँछिन्। त्यो सपना त अहिले पूरा भएको छैन तर नाच्ने सपना पूरा गरिदिने र प्रतिभा देखाउने थलो टिकटक बनेको छ।

रिनाका अनुसार उनीहरूलाई परिवारले समेत प्रोत्साहन गरेका कारण सहज भएको छ। भन्छिन्, 'विश्वासकै भरमा सबै कुरा चल्ने हो। मैले गरेको काममा परिवारले भरोषा गर्नु हुन्छ।'

रिनाको टिकटकमा आमाछोरी मात्र हुँदा कतिपय दर्शकले वर्षाका बुवालाई समेत हेर्ने चाहेका छन्। यसमा रिना भन्छिन्, 'ला ज हुन्छ भनेर भिडियो बनाउन मान्नु हुन्न। छोरा पनि गेम खेलेर बस्छ। नाचेर रमाइलो गर्ने हामी आमाछोरी नै भयौं। उहाँहरू रहर गर्नुहुन्न, हामी पनि कर गर्दैनौं।'

छोरी वर्षासँग मात्र नभई भतिजी बन्दनासँग समेत रिना निकै मिल्छिन्, 'कहिलेकाहीँ राति अबेरसम्म कुरा गर्दै बस्छौं। नयाँ टिकटक कुन गीतमा बनाउने भन्दै छलफल पनि गर्छौं।'

घर-परिवारसँग खुल्ने भए पनि रिनालाई बाहिरी दुनियाँमा घुलमिल हुन समय लाग्ने बताउँछिन्। अहिले त्यो समय उनले पार गरिरहेकी छन्।

'घर बाहिर कहिल्यै काम नगरेको, घरधन्दा नै सम्हालेर बसेकी थिएँ। त्यसैले मेरा भ्युअर्सले यति धेरै माया दिनुहुन्छ भन्ने सोचेकै थिइनँ,' उनी भन्छिन्, 'यस्तो गर्छु, उस्तो गर्छु भनेर सुरू गरेकी होइन। रमाइलोका लागि बनाउँथे, यसरी नै पछिसम्म चल्छु।'

सेतोपाटीबाट साभार

प्रतिक्रिया