सिन्धुली,२४ भदौ – सिन्धुली जिल्लामा पछिल्लो समयमा को रोना सं क्रमणलाई नि यन्त्रण गर्न स्थानीय तहले जा री गरको ब न्दाब न्दि हटाउदै जान थालेका छन् ।
जिल्लाको सुनकोसी गाँउपालिकाले २५ दिनदेखि गाँउपालिकामा लगाउदै आएको ब न्दाब न्दि मंगलबार राती १२ बजेदेखि ह टाएको छ । यसअघि कमलामाई नगरपालिका, मरिण गाँउपालिका र फिक्कल गाँउपालिकाले जारी गरेको ब न्दा ब न्दि ह टाई सकेको जनाएका छन् ।
गाँउपालिका अध्यक्ष दिपा बोहोराले गाउँपालिका उच्च स्तरीय कोभिड–१९ रोकथाम तथा नि यन्त्रण व्यवस्थापन समितीको मंगलबार दिउसो बैठकले उक्त ब न्दा ब न्दि हटाउने नि र्णय गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो पटक गाँउपालिकाका १५ जनाको स्वाब संकलन गरी धुलिखेलमा पि सिआर प रिक्षण गर्दा सोमबार सबैको परिणाम निगेटिभ आएपछि कोरोना समुदायमा नपुगेको निष्कर्ष निकाली ब न्दा ब न्दि हटाईएको हो ।” गाँउकै एक शिक्षकमा कोरोना सं क्रमण देखिएपछि गाँउपालिकाले साउन ३० गतेदेखि ब न्दाब न्दि घोषणा गरी अत्यावश्यक सेवा बाहेक मानिसको आ वत जा वतमा समेत क डाई गरेको उहाँले जानकारी दिनुभयो ।
सुनकोसी गाँउपालिकामा अहिलेसम्म २६१ जनाको स्वाब संकलन गरि पि सिआर परिक्षण गर्दा पाँच जनामा कोरोना स ंक्रमण पुष्टि भएको छ । ती मध्ये एक जनाको सिन्धुली अस्पतालमा उपचार भई रहेको र बाँकीले उपचारपछि कोरोनालाई जितेर घर गई सकेको गाँउपालिकाले जनाएको छ ।
आर्थिक स्थिति कमजोर भएका परिवारलाई खा द्य सं कट पर्ने भएको भन्दै समितीले यस्तो निर्णय लिएको जनाइएको छ । गाउँपालिका क्षेत्रभित्र रहेका होटल व्यवसायको हकमा गाउँपालिकाको वि पद् व्यवस्थापन समितीद्धारा जारी भएको आचारसंहिता पुर्ण कार्यान्वयन गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
समितीले होटलका ग्राहकहरुलाई प्याकिङ खाना उपलब्ध गराउनु पर्ने, सेवा प्रदायकले अ निवार्य मा स्क, प न्जा लगाउनु पर्ने, होटल व्यवसाय स्थलमा हात धुने व्यवस्था र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, नगद कारोवार गर्दा प्रयोग भएका मुद्रालाई सेनिटाइजर गरेर मात्र प्रयोगमा ल्याउनुपर्ने लगायत सेवाग्राहीको लगत विवरण राख्नु पर्ने आ चारसंहिता बनाएको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाका अनुसार वै कल्पिक शिक्षालाई निरन्तरता दिइने, स्थानीय शिक्षकले हप्ताको एक दिन ब स्ति बस्तिमा गएर शिक्षण गराउने र अर्को सुचना जारी नभएसम्मका लागि तोकिएको आचार संहिता परिधिभित्र रहि गाउँपालिका भित्रको ज न जी वनलाई स हज बनाउने बैठकले निर्णय गरेको छ ।