शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

”गोधुली साझैंमा” (भिडियो)

सोमवार , भाद्र २२, २०७७

काठमाडौं, २२ भाद्र – नेपाली मौलिक लोकदोहोरी गीत संगीतको क्षेत्रमा परिचित गायिका जुना श्रीष , सिता केसी र गायक नेत्र भण्डारी र कृष्ण केसी आवाजमा रहेको ”गोधुली साझैंमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

मौलिक लोक लयमा आधारित गीतमा मायालु जोडीको प्रेमका भोगाईहरुलाई गीतमा समावेश गरिएको छ ।

म र्मस्पर्शी शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी प्रेमीको यादले दिनरात सताउने कुरा गीतमा गरिएको छ ।

आकर्षक रुपमा तयार पारिएको गीतमा कृष्ण केसीको एरेन्ज रहेको छ । चित्र बहादुर आचार्यको शब्द तथा लय सिर्जना रहेको छ । करण चैसिरको छायाँँकन , मनोज कार्कीको स्म्पादन तथा करण चैसिरको निर्देशन भिडियोमा रहेको छ ।

भिडियो

सम्बन्धित विषय:

प्रतिक्रिया