सिन्धुली,२२ भदौ – सिन्धुली जिल्लामा आईतबार प्र तिबन्धित नेकपा माओवादी विप्लब समूहका दुई विद्यार्थी नेताले स्थानीय प्रशासन समक्ष आ त्मसमर्पण गरेका छन् ।
नेकपा (विप्लब) समूहका विद्यार्थी संगठनका जिल्ला अध्यक्ष २६ बर्षिय सबिन श्रेष्ठ र उपाध्यक्ष २३ बर्षिय होमबहादुर सार्कीले जिल्ला प्रशासन कार्यालय पुगेर आत्मसमर्पण गरेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पार्टीको जिम्मेवारी छाडेर स्वतन्त्र नागरिक भएर जीवन यापन गर्ने भन्दै उनीहरुले पार्टी परित्याग गरेका हुन् । जिल्ला अध्यक्ष श्रेष्ठ कमलामाई नगरपालिका २ र उपाध्यक्ष तीनपाटन गाउँपालिका ५ निवासी बासिन्दा हुन् ।
उनीहरुले पार्टीको विचार र सिद्धान्त मन नपरेका कारण र सरकारले प्रतिबन्द्ध लगाएपछि छोडेको प्रक्रिया दिएका छन् । आगामी दिनमा विप्लव समुहको सम्पर्कमा नरहने र यदि सम्पर्कमा रहेमा संविधन र प्रचलीत कानुन बमोजिम कारबाही सहने सविन श्रेष्ठ र होमबहादुर सार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाईएको छ ।
