सिन्धुली, २७ साउन– जिल्ला अस्पताल सिन्धुलीमा एक वर्षको अवधिमा ९३६ जना महिलाले प्रसुति सेवा लिएका छन् ।
उक्त अस्पतालका अनुसार गत २०७६ साउनदेखि २०७७ असार मसान्तसम्ममा ७५० जनाले सामान्य, १६८ जनाले शल्यक्रिया र १८ जनाले ज टिल किसिमको सुत्केरी सेवा लिएका हुन् । आर्थिक वर्ष २०७५/०७६ मा कुल ७१७ जनाले प्रसुती सेवा लिएका थिए । ती मध्ये ६९८ जनाले सामान्य, १८ जनाले श ल्यक्रिया र एक जना महिलाले ज टिल किसिमका प्रसुति सेवा लिएका हुन् ।
गत आर्थिक बर्षमा अघिल्लो बर्षको तुलनामा प्रसुती सेवा लिन २१९ जना महिला बढी रहेका अस्पतालले जनाएको छ ।
पछिल्लो समय जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि जिल्लाबासीलाई सहज भएको छ । प्रसुति सेवाकै लागि चर्को शुल्क तिरेर राजधानी काठमाडौँ लगायत सुविधा सम्पन्न अस्पताल लानुपर्ने महिलाका लागि जिल्लामै भरपर्दो प्रसुति सेवा सञ्चालन भएपछि सहज भएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको नीति अनुसार स्वास्थ्य संस्थामा आएर प्रसुती सेवा लिने महिलालाई दुई हजार रुपैया यातायात खर्च उपलब्ध गराउनुका साथै प्रसुती सेवा लिनुअघि नियमित चार पटक गर्भ जचाँउने गर्भवती महिलालाई थप आठ सय रुपैया उपलब्ध गराउने गरिएको छ ।”
प्रसुती सेवा लिन आउने महिलालाई आमा सुरक्षा कार्यक्रम अन्तर्गत सबै सुविधा निःशुल्क उपलब्ध गराउदै आएको अस्पतालले जनाएको छ ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा सञ्चालित जिल्ला अस्पतालमा गत आर्थिक बर्ष ०७६/०७७ मा बहिरंग विभागबाट २४ हजार ९०१ जना र आ कस्मिक कक्षबाट पाँच हजार २४२ बिरामीले सेवा लिएका छन् । सो अबधिमा एक हजार ८८९ बिरामीले अस्पतालमा भर्ना भई उपचार सेवा लिएको अस्पतालले जनाएको छ ।
आर्थिक बर्ष ०७५/०७६ मा बहिरंग विभागबाट ३३ हजार ९७३ जना र आकस्मिक कक्षबाट सात हजार १७ जना बिरामीले सेवा लिएका थिए । ल कडाउनका कारण बहिरंग विभागको सेवा घटेको र सेवाग्राही पनि न्युन आएका अस्पतालका मेडिकल रेकर्डर सुपरभाईजर शैलेस यादबले बताउनुभयो ।
उहाँका अनुसार सो अवधिमा १६ हजार एक सय बिरामीले खकार, पिसाब, दिसा, रगत लगायत प्रयोगशालामा जाँच गराई सेवा लिएका छन् । आठ हजार ६७० वटा एक्सरे र तीन हजार २९० वटा भिडियो एक्सरे गरिएको छ ।
१५ शैयाको सिन्धुली अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने स्वीकृत भएपनि अहिले ४४ वटा शैया मात्र सञ्चालन हुदै आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुरानो संरचनाका कारण बेड नअटेर ४४ शैया मात्र सञ्चालन भएको हो । बिरामीको चाप भएको बेला बरण्डामा पनि बेड राखेर बिरामीको उपचार हुदै आएको छ ।”
उपचारका लागि अस्पताल आउने सेवाग्राहीलाई जिल्लामै सबै किसिमका सुविधा उपलब्ध गराउन आवश्यक उपकरण खरिद गर्नुका साथै प्रदेश सङघमा समन्वय गर्ने काम समेत भइरहेको अस्पतालले जनाएको छ
यसैबीच अस्पतालले आर्थिक वर्ष २०७६/०७७ मा नियमित बाहेकका सात वटा नयाँ स्वास्थ्य सेवा शुरु गरिएको जानकारी दिएको छ । अस्पतालमा आर्थिक वर्ष २०७६र०७७ देखि पिटिआइएनआर जाँच सेवा, टिएफटी जाँच सेवा, डिजिटल एक्स–रे, दन्त चिकित्सा सेवा, पोषण पुनःस्थापना, निःशुल्क प्रसुति र ब्लड बैङ्क स्थापना गरिएको जानकारी दिनुभयो ।
नौ स्थानीय तह रहेको जिल्लामा जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ । दुई नगरपालिका र सात गाउँपालिका रहेका सिन्धुली जिल्लामा चार वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।