सिन्धुलीको गोलन्जोर गाउपालिका १ च्याखुटारवेसीमा झरेको पहिरो । पहिरो झरेपछि मध्येपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।
सिन्धुली,६ असार– प हिरो झरेपछि मध्येपहाडी पुष्पलाल लोकमार्ग अहिले बिहानदेखि अबरुद्ध बनेको छ । सिन्धुलीको गोलन्जोर गाउपालिका १, च्याकुटारवेसीमा सडक नै ढाक्नेगरि प हिरो झरेपछि लोकमार्ग अ बरुद्ध बनेको स्थानीय विष्णुहरि न्यौपानेले जानकारी दिनुभयो । राती ठुलो आवाज गरेर प हिरो झरेको उहाले सुनाउनुभयो ।
लगाातारको वर्षापछि झरेको प हिरोले करिब एकसयमिटर सडक ढाकेको छ । ठुलो प हिरो झरेर लोकमार्ग अवरुद्ध बनेपछि पूर्वी नेपालका ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ लगाएतका जिल्लाबाट यातायात सम्पर्क विच्छेद भएको छ ।

ठुलो प हिरो भएकाले स्थानीयतहबाट पन्छाउन क ठिनाही उत्पन्न भएको गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिनुभयो । माथिबाट पहिरो खसेकाले तल सडकमा पन्छाउन सक्ने अवस्था छैन्, उहाँले भन्नुभयो, “पानी पर्न रोकिएपछि हारगुहार गरेर पहिरो हटाउन प्रयास गर्ने हो । लोकमार्ग अन्तर्गत वडा नं ६ को हैबार नजिक समेत पहिरो खसेको छ ।” धेरै स्थानमा पहिरो गएकाले पानी पर्न नरोकिइ यातायात संचालनमा नआउने अध्यक्ष कार्कीको भनाइ छ ।
त्यस्तै बीपी राजमार्गमा पनि लेदोमाटो बग्ने र खहरे उर्लने गरेकाले बेलाबेलामा अबरोध हुने गरेको छ । ठुलो प हिरो नझरेकाले लेदो माटो पन्छाउन डोजर स्ट्याण्डबाइ राखेको सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिनुभयो । बीपी राजमार्ग सुचारु छ तर सतर्क रहन सबैमा अपिल गरिएको उहाँको भनाइ छ ।