शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आश्रममै रहे पनि किन प क्राउ पर्दैनन् बमजन ?

बुधवार , आषाढ १०, २०७७

सिन्धुली,१० असार – कमलामाई नगरपालिका– ८ पैरेस्थित रामबहादुर बमजन आश्रम पुगेका ठूलो संख्याका प्रहरी रि त्तो हात फर्किनुपर्‍यो । गत ३ र ४ जेठमा बमजन खो ज्दै पुगेको प्रहरीले उनलाई न भेटेपछि आश्रम शि ल गरेको छ । लगातार १६ घन्टा खो ज्दा पनि प्रहरीले बमजनलाई फे ला पार्न नसकेको हो ।

यसअघि पनि बमजन खोजीमा प्रहरीले गत वर्ष २४ माघमा आश्रम शि ल गरी खोजी गरेको थियो । तर प्रहरीको प्र यास त्यतिखेर पनि सफल भएको थिएन ।

केन्द्रीय अ नुसन्धान ब्युरो, बाग्मती प्रदेशसहितको सिन्धुपाल्चोक, काभ्रे र प्रदेश २ सर्लाहीबाट खटिएको टोलीले यस पटक खाली हात नजाने विश्वाससहित संयुक्त रूपमा छा पा मारेको थियो । तर प्रहरी प्रयास यस पटक पनि हात लाग्यो शून्यझैँ भयो ।

पैरे आश्रममा लु केर बसेको आ शंकामा आश्रम शि ल गरेर कुकुरसमेत लगाई खोजी गरे पनि बमजन भने आश्रममा फेला परेनन् ।

आश्रमका आनीहरूमाथि यौ न हिं सा, बे पत्ता पारेको र ह त्या गरेको भन्दै बमजन वि रुद्ध सर्लाही, मकवानपुर, नुवाकोटमा कि टानी जा हेरी परेको छ ।

आश्रमबाट सर्लाहीकी रीता वोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी चिनीमाया रुम्वालाई बमजनले नै बे पत्ता पारेको उ जुरी प्रहरीमा परेको छ । यस्तै, बाराका सुरेश आले मगर, मकवानपुरका सञ्चमान वाइवा सिन्धुली आश्रमबाट बे पत्ता भएको परिवारजनले आ रोप लगाएका छन् ।

पछिल्लो समय सर्लाहीमा एक ना बालिकालाई ब लात्कार गरेको कि टानी जा हेरीका आधारमा प्रहरीले बमजनलाई प क्राउ गर्न जिल्ला अदालतबाट प क्राउ पुर्जी लिएको थियो । सोही आधारमा सिन्धुली आश्रममा प्रहरीले बमजन प क्रिन दुईपल्टसम्म छा पा मारेको हो ।

आश्रममा सु रुङ बनाएर लुकेको हुन सक्ने भन्दै दुइटा तालिमप्राप्त कुकुरसमेत परिचालन गरेर खोजी भएको थियो । ४२ बिघामा फैलिएको आश्रमले सामुदायिक वनको १८ बिघा जग्गासमेत क ब्जा गरेर काँ डे तार लगाएको छ । बमजन लु केर बस्न सक्ने आश्रम नजिकैको जंगल र सम्भावित ठाउँहरूमा खो जतलास गरे पनि फेला पर्न नसकेको सिन्धुली प्रहरी प्रमुख रन्जु सिग्देल बताउँछिन् ।

बम्जन प क्राउका लागि आएको टोलीलाई सिन्धुली प्रहरीले सहयोग मात्र गरेको उनको भनाइ थियो । बमजनको वोधिश्रवण धर्म संघले ५ जेठमा विज्ञप्ति जारी गर्दै प्रहरीले आश्रमभित्र पसेर खो जतलासका नाममा अनुयायीहरूमाथि हा तपात गर्दै मा नसिक र शा रीरिक या तना दिएकामा आ पत्ति प्रकट गरेको छ । बमजन तीन वर्षका लागि ध्यानमा लीन भएकाले जति खोजी गरे पनि न भेटिने अनुयायी सोनाम तामाङको दाबी छ ।

यस्तो छ आश्रम

सदरमुकाम सिन्धुलीमाढीको कमलामाई नगरपालिका– ५ मधुटार हुँदै सिलामे पार गरेपछि ८ किलोमिटर पश्चिम, दक्षिणमा पैरे अवस्थित छ । सडक सञ्जालले जोडिएको पैरे जाने सडक ठाउँठाउँमा कालोपत्रेसमेत भएको छ ।

सिलामे कटेपछि भने यतिबेला सडक निर्माणाधीन रहेकाले सवारी आवागमन ब न्द छ । प्रहरीले भने पैरे जानका लागि आवागमन ब न्द रहेको सडकलाई रोज्यो, बमजनलाई प क्रिन ।

मिनीबस, माइक्रो, हायस र साना गाडी लिएर आएको प्रहरी टोली ४ जेठ बिहानै सिलामे पुगेको थियो । सडक निर्माणाधीन रहेकाले प्रहरी टोलीले सवारी र चालकहरूलाई त्यही छाडेर बमजन आश्रमतिर लागेको थियो । उक्त स्थानबाट बमजन आश्रम पुग्न करिब आधा घन्टाको पैदल यात्रा तय गर्नुपर्छ ।

चारैतिर अनकन्टार जंगल बीचमा रहेको आश्रमबाट भा ग्नलाई बमजनका निम्ति त्यो समय पर्याप्त थियो ।

रोचक के भने प्रहरीले आश्रममा छा पा मार्ने कुरा अघिल्लै दिन जानकारी भइसकेको स्थानीयहरूले बताएका छन् । एक स्थानीयका अनुसार प्रहरी पुग्ने अघिल्लै रात आश्रमसम्म सवारी साधन लैजान उक्त स्थानमै रहेको प्रहरी टोलीले सडक हेर्न र खाल्डाखुल्डी पुर्न राती अबेरसम्म काम गरेको थियो । सोही कारण आश्रममा छा पामारी हुन लागेको सूचना पहिले नै प्रहरीबाटै चु हिएको हुन सक्ने स्थानीयको दाबी छ ।

उनका अनुसार सिन्धुली प्रहरीले चाहे बमजन जुनसुकै बेला प क्राउ पर्न सक्छन् । तयारीसाथ आश्रम पुगेको प्रहरीले सूक्ष्म खो जतलास गरे पनि बमजन आश्रमबाट बाहिरिइसकेका थिए । अनुयायीहरूले त भेट्न मु स्किल हुने बमजनलाई सजिलै प क्राउ गर्न नसकिनेमा प्रहरी पुगेको छ । अघिल्लो पटक माघमा बमजन प क्रिन आएको प्रहरीले त पहिले नै सूचना दिएको थियो ।

पैरेको चर्चा

बेलाबेला पैरे चर्चामा आउनुको कारण प्रहरीको फ रार सूचीमा रहेका तपस्वी रामबहादुर बमजनको आश्रम स्थल भएरै हो ।

अनुयायी र भक्तजनबाट ’लिटिल बुद्ध’ उपमा दिएका बमजनको खोजीमा प्रहरीले समय खर्चिए पनि उपलब्धि भने शून्य छ ।

प्रहरी टोली बमजनलाई खोज्न आश्रम पुगेका बेला आश्रममा रहेका अनुयायीहरू एकै स्वरमा भने “भगवान्ले चाहे अवश्य भेट हुन्छ, तर भक्तले चाहँदैमा सम्भव छैन ।” नेपालखवरबाट साभार ।

प्रतिक्रिया