सिन्धुली,२२ जेठ – सिन्धुली अस्पतालमा भएको उपकरण खरिदमा अ नियमितता गरेको भन्दै अख्तियारमा उजुरी दर्ता भएको छ । उपकरण खरिदको वोलपत्रको सूचनाका आधारमा छनौट भएका पा“च सप्लायर्स मध्ये कमदररेटका पहिलो, दोस्रो र तेस्रोलाइ पन्छाएर प्रलोभनमा परि चौथोलाइ छनौट गरिएकाले लाखौं रकम भ्र ष्टाचार भएको भन्दै अख्तियार कार्यालय टंगाल काठमाडौंमा उजुरी परेको हो ।

अस्पताल विकास समितका अध्यक्ष प्रल्लाद पोखरेल, मेडिकल सुपरिटेण्डेड डा लक्ष्मण खड्का र बायोमेडिकल इन्जिनियर राजन डांगीले वोलपत्रको सूचना बमोजिम कमदररेटको सप्लायर्सलाइ पन्छाएर प्रलोभनमा परि बढि दररेटेको छनौट गरेकाले कारवाहीको माग उजुरीमा गरिएको छ । सिन्धुली अस्पतालले गत फागुन १ गते ७ दिने सूचना प्रकाशित गरि उपकरण खरिदको वोलपत्र आह्वान गरेको थियो ।

कमदररेटमा उपकरण सप्लाइ गर्ने लुम्वीनी हेल्थ केयरलाइ पन्छाएर बढि दररेटको मेडेक्टा«ेनिक्स प्रालिलाइ छनौट गरिएको उजुरीमा उल्लेख गरिएको छ । लुम्वीनीले २४ लाख ७३ हजार ५७० र मेडिटा«ेनिक्स नेपाल प्रा.लिले ३१ लाख ९८ हजारमा उपकरण सप्लाइको प्रस्ताव गरेका थिए । यी दुइ कम्पनीको फरक ७ लाख २४ हजार ४३० छ । उपकरण सप्लाइका लागि ७ वटा कम्पनीले प्रस्ताव पेश गरेकोमा पाचवटा कम्पनी छनौट भएका थिए । दुवै कम्पनीले दक्षिण कोरिया र कोरियाका कम्पनीको व्राण्ड अनुसारको उपकरण सप्लाइ गर्ने आपूर्ती प्रस्तावमा उल्लेख छ ।

वोलपत्रमा कलरडप्लर अल्टा«साउण्ड मेशिन,कन्भेस, लाइनर,इन्डोकाभिटी, कार्डिस, मल्टिप्लेफ्रिक्वेन्सि प्रोवेश उपकरण खरिदको प्रस्ताव आहवान गरिएको थियो । लकडाउनको मौका छोपी आपूर्तीकर्ताहरुलाइ थाहै नदिइ प्राविधिक मूल्यांकनको नाममा प्रलोभनमा परि बढिदररेटमा उपकरण आपूर्ती गर्ने कम्पनी छनौट गर्नेकाम भएकाले कारवाहीको लागि भन्दै नारायण क्षत्रीले अख्तियारमा उजुरी गरेको दर्ता नं सी ०३२६६७ हो ।

अस्पताललाइ चाहिने उपकरणको सूची आफुहरुले दिएको र क्याटलग बिधीबाट वायोमेडिकल यन्जिनियरले सबै खरिद प्रकृया कानून सम्मत गरेको सिन्धुली अस्पतालका अध्यक्ष प्रल्लाद पोखरेलले बताउनु भयो । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले उपकरण खरिदका लागि रकम पठाएको थियो ।