शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका थप नौँ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ

आइतवार , जेठ ११, २०७७

सिन्धुली,११ जेठ – सिन्धुलीकी पहिलो कोरोना भा ईरस (को भिड– १९) सं क्रमित महिलाको परिवारको सदस्यहरुको पि सिआर रिर्पोट नेगेटिभ आएको छ । को रोना सं क्रमित महिलाको कमलामाई नगरपालिका–९ भिमान पन्नेसीको घरमा रहेका ९ जनाको पि सिआर परिक्षण रिर्पोट नेगेटिभ अर्थात कोरोना भा ईरस सं क्रमण नभएको आएको सिन्धुली अस्पतालका कोरोना फोकलपर्सन डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनु भयो ।

स्वास्थ्यकर्मीको टोलीले सं क्रमित महिलाको घरमा नै पुगेर बिहीबार स्वा ब संकलन गरी पी सीआर परीक्षणका लागि शुक्रवार विहान कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा पठाएको थियो ।

सं क्रमित महिलाको पहिचान र ठेगाना खुलेसँगै भिमान पन्नेसीस्थित घर र छिमेकका ५ घरलाई बुधबार सि ल गरेर नि गरानीमा राखिएको छ । स्वास्थ्य मन्त्रालयले गत मंगलबार नियमित पत्रकार सम्मेलन गर्ने क्रममा सिन्धुलीको एक महिलामा पनि कोरोना भा ईरस सं क्रमित भएको सार्वजनिक गरेपछि कहाँको हो ? भन्ने व्यापक खोजी भइरहेको थियो ।

२६ वर्षीय ती महिला बुधबार बिहान काठमाडौंस्थित एपीएफ कोरोना अस्पतालमा भर्ना भएपछि सिन्धुलीको भिमानको रहेको पुष्टि भएको थियो । सं क्रमित महिला ठेगाना खुलेसँगै स्वाथ्यकर्मीहरुले उनका परिवारका सदस्यहरुको स्व ाब संकलन गरेर पठाएको हो । सं क्रमति महिला गत चैत १० गते भिमान पन्नेसी स्थित घरमा आएर बैशाख २७ गते फेरी काठमाडौं फर्किएको बताइएको छ ।

प्रतिक्रिया