शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पतालमा आ ईसोलेसनमा भर्ना गरिएकी महिलाको पि सिआर नेगेटिभ

शनिवार , जेठ १०, २०७७

सिन्धुली, १० जेठ – सिन्धुली अस्पतालको आ ईसोलनमा भर्ना गरी उपचार गराईरहेका एक महिलाको पि सिआर रिर्पोट नेगेटिभ अर्थात को रोना भा ईरस(कोभिड १९) संक्रमण नभएको आएको छ ।

ज्वरो आएपछि सिन्धुली अस्पतालको आईसोलेसनमा भर्ना भएकी कमलामाई नगरपालिका –२ की ५७ बर्षिया महिलाको पिसिआर रिर्पोट नेगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ । उक्त महिलालाई बिहीवार उच्च ज्वरो आएपछि सिन्धुली अस्पतालको आईसोलेसनमा भर्ना गरिएको थियो ।

त्यस्तै सिन्धुली अस्पतालमा गरिएको र्या पिड डा ईग्नोष्टिक टेष्ट(आ रडिटी) परिक्षणमा पो जेटिभ देखिएका एक पुरुषको पनि पिसिआर परिक्षण रिर्पोट ने गेटिभ आएको सिन्धुली अस्पतालका कोरोना भा ईरस (को भिड १९) फोकल पसनर्ल डाक्टर प्रसन्नराज भण्डारीले जानकारी दिनुभयो ।

आईसोलनमा भर्ना भएकी महिला र अस्पतालमा आरडिटी परिक्षणमा पोजेटिभ देखिएका पुरुषको घाटीको स्वाब संकलन गरेर कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा पि सिआर परिक्षणका लागि पठाईएको थियो । दुवै जनाको पि सिआर रिर्पोट नेगेटिभ आएको डाक्टर भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया