शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

स्वास्थ्य सेवा विभागले सिन्धुलीमा पि सिआर मेसिन र जनशक्ति उपलब्ध गराउने

बुधवार , जेठ ७, २०७७

सिन्धुली, ७ जेठ – कोरोना भाईरस परिक्षणका लागि स्वास्थ्य सेवा विभागले सिन्धुली अस्पताललाई पिसिआर मेसिन र जनशक्ति उपलब्ध गराउने प्रस्ताव गरेपनि उक्त मेसिन राख्न सिन्धुली अस्पतालाई भवनको अभाव भएको छ ।

स्वास्थ्य सेवा विभागले तत्काल सिन्धुली अस्पतालमा को रोना भा ईरस परिक्षणका लागि पि सिआर मेसिन र आवश्यक जनशक्ति दिने बताएको तर अस्पतालको भवन नभएकाले समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले बताउनुभयो । “विभागले पिसिआर र जनशक्ति पठाई दिन्छु । तिन कोठाको मात्रै भए पनि भवन ठिक पार्नु भनेको छ । तर अस्पतालसँग भवन छैन । अस्पताल नजिकै नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको भवन छ त्यो भए पनि उपयुक्त हुन्छ । तर उनीहरुले दिन्छन की दिदैनन् । त्यो उनीहरुको हातमा छ । त्यहा नभएपनि अस्पताल नजिकै कतै व्यवस्थापन गर्न सक्यौ भने पिसिआर मेसिन जडान हुन्छ । हैन भने रामेछाप जान्छ ।” उहाँले भन्नु भयो ।

भवनका लागि स्थानियहरु र सरोकारवाला निकायहरुसँग कुरा गर्न सुरु गरेको उहाँले बताउनु भयो । अस्पतालसँग भवन उपलब्ध गराउने स्रोत नभएकाले स्थानिय तहहरुले सहयोग गरेमा तत्काल पिसिआर मेसिन सिन्धुलीमा आउने उहाँले बताउनु भयो । तिन कोठाको भवन उपलब्ध गराउन नसके विभागले रामेछापमा पिसिआर मेसिन जडान गर्ने उहाँले बताउनु भयो ।

उहाँले यतीबेला सिन्धुलीमा पिसिआर मेसिन जडान हुदाँ सिन्धुली सहित रामेछाप, दोलखा, ओखलढुंगा, उदयपुर लगाएतका एक दर्जन बढी जिल्लाहरुलाई सहज हुने बताउनु भयो । त्यसैले पिसिआर मेसिन सिन्धुलीमा ल्याउन सबैले पहल गर्नुपर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया