सिन्धुली,७ जेठ– सिन्धुली जिल्लाबाट दुई दिनमा ५५ जनाको स्वाब संकलन गरी पिसिआर विधिबाट को रोना परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाईएको छ ।
बुधबार बिहान पाँच जनाको आरडिटी परिक्षण गर्दा एक जनाको नतिजा पो जेटिभ देखिएपछि सबैको र मंगलबार ५० जनाको स्वाब संकलन गरी उक्त अस्पतालमा पठाएको सिन्धुली अस्पतालले जनाएको छ ।
सोमबार र मंगलबार आरडिटी परिक्षण गर्दा पो जेटिभ देखिएका र उनीहरुको सम्पर्कमा रहेका समेतको गरी ५० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न पठाएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिन्धुली जिल्लामा अहिलेसम्म ७२ जनाको स्वा ब संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न पठाईएकोमा १७ जनाको नतिजा निगेटिभ आएको छ । बाँकी ५५ जनाको नतिजा आउन अझै एक/दुई दिन लाग्ने छ ।
उहाँले भन्नुभयो, “सिनामंगल बस्ने २७ बर्षिय गुरुङ थर गरेकी बहिनीमा काठमाडौँमा मंगलबार को रोना भएको पुष्टि भएको छ । उनी बैशाख २७ गतेसम्म गोलन्जोरमा थिईन भन्ने कुरा आको छ । अब उनी कुन ठाँउकी हुन् भन्ने पत्ता लाउन सबैले ध्यान दिनु पर्यो ।”
त्यस्तै जिल्लाका नौ वटा स्थानीय तह मध्ये कोरोना भाईरस सं क्रमणको रोकथाम तथा नि यन्त्रणका लागि गरिएको आरडिटी टेष्टको नतिजा अनुसार को रोना भा ईरस सं क्रमण अहिलेसम्म आठ वटा स्थानीय तहमा शुन्य पाईएको छ ।
स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार मंगलबारसम्म कमलामाई नगरपालिकामा मात्रै ४१४ जनाको आरडिटी टेष्ट गरिएकोमा २७ जनाको नतिजा पो जेटिभ पाईएको छ । को रोना भा ईरस नि यन्त्रणका लागि अग्रपंक्तिमा काम गर्ने कर्मचारी, स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, जनप्रतिनिधी, पत्रकार र सर्बसाधारण व्यक्तिको आरडिटी परिक्षण गरीएकोमा ती व्यक्तिमा पोजेटिभ भेटिएको हो ।
पो जेटिभ भेटिएका मध्ये सोमबार १५९ जनाको परिक्षण गर्दा २० जनाको र दोस्रो दिन ५४ जनाको परिक्षण गर्दा सात जनामा को रोना पो जेटिभ भेटिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी दुधौली नगरपालिकामा ९९ जना, तीनपाटन गाँउपालिकामा ५२ जना, फिक्कल गाँउपालिकामा २१ जना, सुनकोसी गाँउपालिकामा ३८ जना, गोलन्जोर गाँउपालिकामा ३० जना, घ्याङलेख गाँउपालिकामा १४ जना, मरिण गाँउपालिकामा ७१ जना र हरिहरपुरगढी गाँउपालिकामा १०५ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको नजिता निगेटिभ आएको पनि उक्त कार्यालयले जनाएको छ ।
कमलामाई नगरपालिकामा आरडिटी परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति सबैको स्वाब संकलन गरी पिसिआर विधिबाट परिक्षण गर्न प्रादेशिक अस्पताल हेटौडा पठाईएको र सबैको नतिजा बिहिबारसम्म आईपुग्ने कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिनुभयो ।