सिन्धुली, – रौतहटको एक इटाभट्टामा मजदुरी गरेर घर फर्केका मरिण गाउँपालिका ७ थामिटोलका १८ जना मजदुरहरु अहिले मरिण गाउँपालिकाको क्वा'रेटाइनमा बसीरहेका छन् । लकडाउनका बिचमा कोरोना भा'ईरस सं'क्रिमति फेला परेको जिल्लाबाट घर फर्किएका उनीहरुलाई गाउँपालिकाले क्वारिन्टीनमा राखेको छ ।
क्वा'रेन्टाइनमा बसीरहेका उनीहरुमा कोरोना भा'ईरस सं'क्रमण छ की छैन् भनेर परिक्षण गर्नुपर्ने हो । तर र्यापिट डाईग्नोष्टिक टेष्ट आरडिटी किट अभावमा घर फर्केका उनीहरुको परिक्षण हुन सकेको छैन् । ल'कडाउनका कारण खान र बस्न स'मस्या भएपछि पैदल हिँडेर गाउँ फर्किएका उनीहरुलाई करिव एक साता देखि क्वा'रेन्टाइनमा राख्नु परेको मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले बताउनुभयो । इँटा भट्टाबाट फर्किएका १३ जना पुरुष र ५ जना महिला सहित १८ जनालाई क्वा'रेन्टाइनमा राखिएको छ । उनीहरुमध्ये चारजना बालबालिका छन् ।गाउँपालिकाले जिल्लामा समन्वयन गरेर किट व्यवस्थापनका लागि पहल गरिरहेको उहाँको भनाइ छ । सिन्धुलीमा को'रोना भा'इरसको परीक्षण गर्न आरडिटी किट्सको अभाव भएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहमा अन्यत्रैबाट काम गर्न आएका कामदारको तत्काल सो परीक्षण गर्न किट्सको अभाव भएको जनाइएको छ । मदन भण्डारी राजमार्ग सडक खण्डअन्तर्गत सिन्धुली खण्डमा सडक निर्माणको काम पाएका कालिका कन्स्ट्रक्सनका ४४ र अनक कन्स्ट्रक्सनका ३८ मध्ये अनकका २४ को मात्रै सो परीक्षण भएको छ । अन्यको परीक्षण भने किट्स अभावकै कारण हुन सकेको छैन । सो कन्स्ट्रक्सनले पुल बनाउन अझै २० जना कामदार ल्याउने तयारी गरेको छ ।
यस्तै सो लोकमार्गमा काम गर्न ठेकेदार कम्पनीले ल्याएका कामदारको पनि स्वास्थ्य परीक्षण हुन नसक्दा फिक्कल गाउँपालिकाका स्थानीयवासीले विरोध जनाएका छन् । फिक्कलमा २० कामदार सप्तरीबाट आएका र उनीहरूलाई पनि क्याम्पमा राख्न गाउँपालिकाले अनुरोध गरेको छ ।
जिल्लाका अरु स्थानीय तहमा समेत विकास निर्माणको कार्य सञ्चालन गर्ने तयारी भइरहँदा किट्सको अभावले स्थानीयवासी त्र'सित भएका छन् । सो परीक्षणका लागि स्वास्थ्य संस्था तथा सिन्धुली अस्पतालमा आएकालाई आरडिटीबाहेकका जाँच गरी क्याम्पमा पठाइएको छ । जिल्लाका राष्ट्रिय गौरवका आयोजनामा काम गर्न विभिन्न जिल्लाबाट कामदार ल्याउँदा कोरोनाको जोखिम बढेको भन्दै स्थानीयवासीले भने स्वास्थ्य जाँच गराउन तथा क्वारेन्टाइनमा राख्नसमेत आग्रह गरिरहेका छन् ।
यता कमलामाई नगरपालिका १० जना र दुधौली नगरपालिकामा ६ जना क्यारेन्टीनमा रहेका स्वाथ्य कार्यालय सिन्धुलीले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख जीतेन्द्रकुमार शाहले अहिले आरडिटी किट्स नेपालमा नै अभाव भएको जानकारी दिनुभयो । “सो परीक्षण गर्दा सबैलाई ढुक्क हुने भएको हुँदा धेरैले अरडिटी परीक्षण गर्न आग्रह गर्ने गर्छन् । ”उहाँले भन्नुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म ५६४ जनाको आरडिटी जाँच गरिएको र सबैको नतिजा नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । आरडीटी किट अभावका कारण जिल्लाका विभिन्न क्वा'रेन्टाइनमा बसेकाको र्यापिड टेष्ट हुन पाएको छैन् ।