शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको सुनकोशी गाउँपालिकाले रोजगारी दिने

सोमवार , बैशाख २९, २०७७

सिन्धुली,२९ बैशाख – सुनकोशी गाउँपालिकाले कोभिड–१९ संक्रमणका कारण रोजगारी गुमेका र दैनिक जीवनयापनमा स'मस्या परेकालाई महिनमा तीन दिन काम र त्यस बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ ।

केन्द्र सरकारको नीतिअनुसार गाउँपालिकाद्वारा शनिवार जारी सूचनामा “काममा सहभागी बनौ, राहत होइन पारिश्रमिक (जिन्सी ) लिऔ” भनिएको छ । काम गर्न इच्छुक श्रमिक, मजदुर र अ'सहाय ब्यक्तिले सम्बन्धित वडा कार्यालयमा तिन दिनभित्र निवेदन दर्ता गन निबेदन दिन गाउँपालिकाले आग्रह गरेको छ ।

ल'कडाउनका कारण दैनिक जीवन चलाउन समस्यामा परेकाहरुलाई सामाजिक दुरी कायम गरी सु'रक्षित तवरवाट एक घर एक रोजगारी उपलब्ध गराइने गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले जानकारी दिनुभयो ।

गाउँपालिकाले ल'कडाउनबाट प्र'भावित विपन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र रा'हत दिने जनाएको छ । सरकारले कोरोना भा'इरस (को'भिड–१९) र यसको सं'क्रमण फैलिन नदिन घोषणा गरेको ल'कडाउनबाट प्रभावित वि'पन्न तथा मजदुर परिवारलाई काममा लगाएर मात्र राहत दिन निर्देशन गरेपछि गाउँपालिकाले यसरी राहत वितरण गर्न थालेको हो ।

गाउँपालिकाले असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायलाई तिन दिन सार्वजनिक काममा लगाउने छ । सुनकोशी गाउँपालिकाको मापदण्ड अनुसार दिनको ८ सय का दरले उनीहरुले ज्याला पाउने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयो ।

असंगठित क्षेत्रमा कार्यरत श्रमिक, मजदुर र असहायहरुले काम गरे बापतको ज्याला नगद भने पाउने छैनन् । उनीहरुले काम गरेबापत तिन दिनको २४ सय ज्याला बराबरको खाद्यान्न पाउने गाउपालिकाका सुन्दासले बताउनुभयो । “सरकारको निति अनुसार नै

गाउँपालिकाले राहत बाड्ने निर्णय गरेको छ । ६ जनाको परिवारबाट १ जना र १२ जना सम्मको परिवारबाट २ जनालाई काममा लगाउने छौं । उनीहरुले गरेको तिन दिन काम गरे बापत २४ सय ज्याला हुन्छ । उनीहरुले २४ सय नगद पाउदैनन् । सोही रकम बराबरको खाद्यान्न, चामल ३० केजी, दाल, नुन, तेल, साबुन लगाएतका सामान पाउछन् ”, उहाँले भन्नुभयो ।

वडाबाट योजना छनोट गरेर काममा लगाउने उहाँले बताउनुभयो । वडाको टोल टोलमा भएका सार्वजनिक तथा पुराना संरचनाहरु निर्माण तथा मर्मतको काम लगाईने उहाँले बताउनुभयो । पाटीपौवा, चौतारा, पोखरी, मठमन्दिर लगाएतको निर्माणको काममा लगाईने उहाँको भनाई छ ।

यो कार्यक्रममा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय सरकारी सेवाको करार वा स्थायी प्रकृतिको रोजगार र पेन्सन पाउनेहरुले यो राहत पाउने छैनन् । सामामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्ति, सामाजिक रुपमा प्रतिष्ठित तथा आर्थिक रुपमा सम्पन्न व्यक्ति समेत रोजगारमा सहभागी हुन पाउने छैन । यद्यपि, असक्त तथा वयोबृद्ध नागरिकको हकमा भने गाउँपालिकाले बिशेष व्यबस्था गर्ने जनाइएको छ ।

प्रतिक्रिया