सिन्धुली,२८ बैशाख– सिन्धुलीको पश्चिमी भेग हरिहरपुरगढी गाउँपालिकामा ल’कडाउन कार्यान्वयन गराउन सु’रक्षाकर्मीको अभाव भएको छ । सु’रक्षाकर्मी अभाव हुदाँ ल’कडाउनमा पनि तराईका जिल्लाहरु सर्लाही र रौतहट जिल्लासँग सिमाना जोडिएको नाकाहरुमा लुकिछिपी आउनेक्रम रोक्न समस्या भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष कार्साङ लामाका अनुसार ल’कडाउनमा पनि कोरोना भा’ईरस संक्रमित भेटिएको जिल्लाहरुबाट मानिसहरु लुकिछिपी आउने गरेका छन् । यसरी लुकिछिपी तराईका जिल्लाबाट मानिसहरु आउदाँ गाउपालिकामा कोरोना भा’ईरस सर्न सक्ने जोखिम बढेको अध्यक्ष लामाले बताउनुभयो । “हरिहरपुरगढी गाउँपालिका र छिमेकी जिल्ला सर्लाहीसँग ५ ओटा सडकबाट नाका जोडिएको छ । हाम्रा स्वायमसेवक, जनप्रतिनिधि पनि नाकामा खटिएका छन् । सु’रक्षाकर्मी पनि आवश्यक पर्ने हो तर सु’रक्षाकर्मीको अभाव छ । जिल्लामा भन्दा पनि अहिले सु’रक्षाकर्मी थप गर्न नसकिने बताउछन्” अध्यक्ष लामाले भन्नु भयो ।
उक्त नाकाहरुबाट सर्लाही, रौतहट लगाएतका जिल्लाबाट सिन्धुलीको मरिण गाउपालिका, छिमेकी जिल्ला काभ्रे सम्मका मानिसहरु ल’कडाउनमा पनि लुकिछिपी आउने गरेको अध्यक्ष लामाले बताउनुभयो ।
“अहिले तराईका जिल्लाहरुमा सं’क्रमित भेटिन थालेका छन् । यसरी कोरोना संक्रमित जिल्लाबाट मानिसहर आउदाँ कोरोना सर्ने खतरा बढेको छ । हामीले त कडाई गरेका छौं तर सु’रक्षाकर्मी नभई थप कडाई गर्न नसकिने रहेछ” अध्यक्ष लामाले भन्नुभयो ।
हरिहरपुरगढी गाउपालिकाको दक्षिणी भेगका ३ वटा वडाहरु छिमेकी जिल्ला सर्लाही र रौतहटसँग सिमाना जोडिएको छ । यी वडाहरुमा सु’रक्षा दिन क्वानेश्वरमा मात्रै एउटा प्रहरी चौकी छ । क्वानेश्वर प्रहरी चौकीमा अहिले ६ जना मात्रै प्रहरी रहेका छन् । ८ वटा वडा रहेको हरिहपुरगढी गाउपालिका ४ वटा प्रहरी चौकी छ ।
नेपाल सरकारको दरबन्दी अनुसार एउटा प्रहरी चौकीमा कम्तीमा पनि १० देखि १४ जना सम्म प्रहरी हुनुपर्छ । तर हरिहपुरगढी गाउपालिकाको ४ वटा प्रहरी चौकीमा मात्रै २२ जना प्रहरी अहिले कार्यरत छन् । यसले पनि हरिहपुरगढी गाउपालिकामा सु’रक्षाकर्मीको कमी भएको प्रष्ट हुन्छ ।
सिन्धुली जिल्लाभरी नै सु’रक्षाकर्मीको अभाव रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो । “सिन्धुलीमा अहिले ३२८ जना मात्रै नेपाल प्रहरी छन् । सिन्धुलीमा अझै १२५ दरबन्दी खाली छ । हरिहपुरगढीमा अझै अभाव छ । अहिले नै त्यो अभाव पुरा गर्न सक्ने अवस्था छैन । दरबन्दी खाली हुदाँ नै भने अनुसार सु’रक्षाकर्मी खटाउन नसकिएको हो” प्रहरी उपरिक्षक सिग्देलले भन्नुभयो ।
हरिहरपुरगढी गाउँपालिकामा यो कोरोना भा’ईरसको महामारी सुरु हुनुभन्दा अघि नै विप्लब नेतृत्वको पार्टीको गतिविधि बढेको भन्दै सु’रक्षाकर्मी थप गर्ने जिल्ला सु’रक्षा समन्वय समितिले निर्णय गरेको थियो । समितिले हरिहपुरगढी गाउपालिकामा शसस्त्र प्रहरीको एउटा पोष्ट राख्ने निर्णय गरेको थियो । तर कोरोना भा’ईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ल’कडाउन लागु गरेपछि पोष्ट राख्ने काम रोकिएको शसस्त्र प्रहरी बल बेश क्याम्प सिन्धुलीका सशस्त्र प्रहरी नायवउपरिक्षक गोपी भट्टराईले बताउनुभयो ।
“ हरिहपुरगढी गाउपालिकामा एउटा पोष्ट राख्ने निर्णय भएर केन्द्रबाट पनि स्वीकृत भएको छ । तर अहिलेको ल’कडाउनले गर्दा यो काम रोकिएको छ । अहिले देशभरी नै सु’रक्षाकर्मीको अभाव छ । त्यसमा पनि कोरोनाका कारण सु’रक्षाकर्मी तराईका जिल्लामा बढी खटाईएको छ” उहाँले भन्नुभयो । सिन्धुलीमा शसस्त्र प्रहरी तर्फ १४० जनाको दरबन्दी भएपनि जम्मा ७० जना मात्रै अहिले रहेको उहाँले बताउनुभयो ।