सिन्धुली,१८ बैशाख – नेपाली काँग्रेस फिक्कल गाउँपालिका कमिटीले लकडाउनका कारण प्रभावित भएका पालिकाबासीहरुलाई तत्काल रा’हत वितरण गर्न माग गर्दै गाँउपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
नेपाली काँग्रेस फिक्कल गाउँ कार्य समितीका सचिव घनश्याम पहाडी नेतृत्वको टोलीले लकडाउको कारण गाँउपालिकाबासीको चुलो बल्न छोडेको अबस्थामा पनि गाउँपालिकाले रा’हातको नाममा राजनिती गर्दै बसको भन्दै गाउँपालिका अध्यक्ष धनबहादुर कार्की र उपाध्यक्ष पार्वती सुनुवारलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो ।
फिक्कल गाउँपालिका भित्रका अ’संगठित क्षेत्रमा काम गर्ने मजदुरको घरको चुलो बल्न छोडि सक्दा पनि पालिकाले हाल सम्म कुनैपनि राहतको नगरेको भन्दै तत्काल राहत वितरण गर्न काग्रेस फिक्कलले माग गरको छ ।


गाँउपालिकाले राहात तथा ढुवानीको लागि बोलपत्र आह्वान गरेको र स्वीकृत बोलपत्रलाई सम्झौत गर्न च.न. ३०२८ मिती २०७७ बैशाख १२ गतेको आशयपत्र जारी गरेको गाउँपालिकाले बिनाकारण पहिलो दरभाउको बोलपत्र खारेज गरी पुन आह्वन गरेकोमा गम्भिर आपती रहेको ज्ञापनपत्रमा जनाएको छ । पालिकाले गरेको निर्णय आफैमा गैरकानुनी र लोकतान्त्रिक खिलाप र गलत नियतको पराकाष्ट समेत भएकाले काग्रेस फिक्कलको ठहर छ ।
गाँउपालिकाका भिन्न स्वास्थ्य संस्थाहरुको लागि आवश्यक गर्ने सुरक्षा सामग्रहरु खरिद गरी स्वास्थ्य संस्थाहरु लाई वितरण गर्न पनि विज्ञप्तीमा मार्फत माग गरिएको छ । बिदेश तथा अन्य स्थानबाट आएका नागरिकहरु लाई क्वा’रेन्टाइन राख्नको लागि समेत माग गरेको छ । यसैबिच नेपाली काँग्रेस फिक्कल गाँउपालिकाले गाँउपालिका कार्यालयलाई विपद् व्यवस्थापन कोषमा ५० हजार सहयोग गरेको छ ।