शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीको सुनकोशीका ३७ जनाको को’रोना भा’ईरसको परिक्षण

शनिवार , बैशाख ६, २०७७

सिन्धुली,६ बैशाख – सिन्धुलीको सुनकोशी गाउँपालिकामा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ३७ जनामा को’रोना भा’इरस (को’भिड १९) को परीक्षण गरिएको छ ।

परिक्षण गरिएको सबै ३७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । को’रोना संक्रमण भए नभएको तत्काल जानकारी लिन मिल्नेर्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट उनीहरुको परिक्षण गरिएको हो ।

भारत तथा विदेशका विभिन्न देशबाट आएर घरमा एकान्तवासमा बसिरहेका ३७ जनाको  र्‍यापिड किट मार्फत को’रोना भा’ईरस परीक्षण गरिएको सुनकोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ओम प्रकास झाले जानकारी दिनुभयो । सुनकोशी गाउपालिकामा आत्मीय सामुदायिक अस्पताल खाल्टे र रातमाटा स्वास्थ्य चौकीमा गरी दुई स्थानमा परिक्षण गरिएको छ । आत्मीय सामुदायिक अस्पताल खाल्टेमा सुनकोशी गाउपालिका वडा नं. ६ का १३ जना, वडा नं.७ का ५ जना, वडा नं.२ र ४ का एक÷एक जना गरी २० जनाको परिक्षण गरिएको प्रमुख झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार रातमाटा स्वास्थ्य चौकीमा वडा नं. ५ का ९ जना, वडा नं.३ का ४ जना, वडा नं.२ का ४ जना गरी १७ जनाको परिक्षण गरिएको छ । परिक्षणमा स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र सहितको स्वास्थ्यकर्मीको टोली, बामगती प्रदेशसभा सदस्यद्धय लेखनाथ दाहाल(राजन) प्रदिप कटुवाल, सुनकोशी गाउपालिका अध्यक्ष दिपा बोहोरा दाहाल लगाएतको उपस्थिती रहेको थियो ।

सरकारले को’रोना सं’क्रमण भए नभएको तत्काल जानकारी लिन मिल्ने ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरेर दुई विधिबाट परीक्षण गरिरहेको छ । रगतको नमुनाबाट गरिने परीक्षण आरडीटी हो भने घाँटीको स्वाब सङ्कलन गरेर गरिने परीक्षण पीसीआर हो । जिल्लाका दुई नगरपालिका सहित सात गाउपालिकामा भारत तथा विदेशबाट आएर घरमा एकान्तवासमा बसिरहेकाहरुको ¥यापिड किट मार्फत को’रोना भाईरस परीक्षण भईरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया