शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

ल'कडाउनको बेला का'लोबजारी, अग्रवाल सुवास ‘सुलभ’ भएपछि मु'द्दा क'मजोर

शुक्रवार , बैशाख ५, २०७७

काठमाडौं, ५ बैशाख – को'रोना सं'क्रमणको त्रास तथा लकडाउनको मौका छोपेर का'लोबजारी गर्न उद्यत व्यवसायी सुलभ अग्रवाललाई का'रबाहीबाट उ'न्मुक्ति दिन हरसम्भव प्रयास भएको छ । कानुनको लुप्त प्वा'लबाट छिरेर अग्रवाललाई का'रबाहीबाट जोगाउन शुरूदेखि नै मु'द्दालाई क'मजोर बनाउने प्रपञ्च रचिएको छ ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा २० हजार थान थर्मल गन अग्रवालले भित्र्याएको भन्ने कुरा प्रहरीबाटै सार्वजनिक भएको भए पनि अग्रवाल प'क्राउपछि १ हजार २ सय वटाको मात्रै लगत देखाइनु र का'रबाहीको निम्ति अदालती प्रक्रियाबाट नगएर जिल्ला प्रशासन कार्यालयमार्फत् जानुले अग्रवाललाई कम स'जाय गराउने प्रपञ्चको र'हस्योद्घाटन भएको छ । अदालतबाट गए पाँच वर्षसम्मको जे'ल हुनसक्ने र प्रमुख जिल्ला अधिकारीबाट गए बढीमा एक वर्ष कै'द सजाय हुने कानुनी व्यवस्थाका कारण अग्रवालमाथि सहानुभूति राख्ने काम गरिएको हो ।समचारपत्रमा खवर छ ।

सुवास अग्रवालका नाममा अ'वैध का'रोबार गर्दै आएका उनलाई प'क्राउ गर्न प्रहरीले ‘स्टिङ अप्रेसन’ गरेको थियो । उनी प'क्राउ परेपछि मात्रै सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा स्टिलका प्रवद्र्धक भएको रहस्य खुलेको थियो । सुलभ अग्रवाल भन्ने थाहा पाएपछि उनलाई ब'चाउन राजनीतिक क'सरत शुरु भयो, उद्योग वाणिज्य महासंघ र सीएनआईका उच्च पदाधिकारीहरु उनलाई ब'चाउन हात धो'एरै लागेपछि का'रबाहीको स्वरुप नै बदलियो ।

प्रहरीको ‘स्टिङ अ'प्रेसन’बाट प'क्राउ परेका अग्रवाललाई अदालतमा उपभोक्तासम्बन्धी कानुनअनुसार पेस गरेको भए क'डा का'रबाही हुन सक्थ्यो । तर, जिल्ला प्रशासन कार्यालयमार्फत का'लोबजारीसम्बन्धी मु'द्दा चलाएर उनलाई जोगाउन उच्च राजनीतिक एवम् व्यावसायिक द'बाब परेकाले मु'द्दा कमजोर बनाउन चलखेल भएको स्रोतको भनाइ छ ।

प्रहरी भ्यानको सिसासमेत तो'डफोड गर्ने र मिडियामा समेत निक्कै चर्चामा आएको घ'टना भएकाले अग्रवाललाई मु'क्त नगर्न नसके पनि का'रबाही न्यून गराउने खेल भएको स्रोतको दाबी छ । प'क्राउ गर्दा प्रहरीलाई ‘म को हुँ, चिनेको छ’ भनेर प्रहरीमाथि नै दु'व्र्यवहार गर्ने उनीमाथि अहिले सहानुभूति बर्सिएको छ ।

स्रोतले भन्यो– ‘महानगरीय अ'पराध महाशाखाले प'क्राउ गरेका अग्रवाललाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ । यसबीचमा ठूलो परिमाणमा थर्मल ग'न गायब बनाउनेदेखि मु'द्दाको प्रकृतिमा समेत च'लखेल भएको छ । जसका कारण अग्रवालमाथिको अ'नुसन्धान नै फितलो बन्दै गएको छ ।’ अग्रवालले बेपत्ता पारेको अन्य थर्मल ग'नकाबारे प्रहरी अझै बेखबर छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले भने प्रहरीले उनीमाथि अ'नुसन्धान गरिरहेको बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले प्रहरीले आफ्नो काम गरिरहेको छ, बाहिर हल्लामा आएजस्तो अ'नुसन्धानमाथि नै शंका गर्नुपर्ने ठाउँ नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले अ'नुसन्धानकै क्रममा रहेको घ'टनामा धेरै बोल्नु उपयुक्त हुँदैन । यद्यपि के भन्न सकिन्छ भने हामीले अ'नुसन्धान गरिरहेका छौं ।’ बाहिर अ'नुसन्धानमा शंका उब्जिएकोबारे उहाँले थप्नुभयो– ‘कसले के शं'का गरेका छन्, किन शंका गरेका छन्, उनैलाई गएर सोध्नुहोला, हामीले हाम्रो काम गरिरहेका छौं ।’

सुलभले एयरपोर्टको भन्सार कार्यालयमा बीजक बुझाएअनुसार चीनमा २० डलर तिरेर ल्याएको थर्मोमिटर १५ हजार रुपियाँमा ग्राहक बनेर प्रस्तुत भएका प्रहरीलाई नै बेचेका थिए । चैत २५ गते रं'गेहात प'क्राउ परेका उनलाई बैशाख २ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पाँच दिनको म्याद थपेर का'रबाही चलाएका थिए ।

यस सम्बन्धमा प्रतिक्रिया लिन प्रजिअ दाहालसँग नेपाल समाचारपत्रले बिहीबार सम्पर्क गर्न बारम्बार प्रयास गर्‍यो, तर कुरा हुन सकेन ।

प्रतिक्रिया