काठमाडौँ, ४ बैशाख - नेपाली बजारमा साताको पाँचौ दिन आज बिहीबार अमेरिकी डलरले फेरी अर्को ऐतिहाँसिक रेकर्ड कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा तथा बिक्रिदर १२२ रुपैया ६१ पैसा रहेको छ । यो डलरको भाउ अहिलेसम्मकै उच्च हो ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५९ पैसा र बिक्रिदर १ सय ५३ पैयाँ ३४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ ।
विनिमयदर तालिका :
