शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली अस्पताललाई कोरोना उपचार अस्पताल बन्दै

शनिवार , चैत्र १५, २०७६

सिन्धुली,१५ चैत –– सिन्धुली जिल्लामा कोरोना संक्रमणको जोखिमलाई ध्यानदिंदै सिन्धुली  अस्पताललाई १४ शैय्याको कोरोना उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने भएको छ ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा शनिवार कोभिड १९ रोकथाम व्यवस्थापन समितिको बैठकले सिन्धुली जिल्ला अस्पताललाई कोरोना उपचार अस्पतालका रुपमा विकास गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना उपचारका लागि आवश्यक पर्ने थप ३ थान मोनिटर र आवश्यक पर्ने हेमाटोलोजी एनालाइजर लगायतका सामाग्रीहरु कमलामाई नगरपालिकाले उपलव्ध गराउने निर्णयसमेत गरेको छ ।

बैठकमा निकै लामो छलफलपछि सिन्धुली जिल्ला अस्पताललाईनैं हामीले कोरोना उपचार गर्ने अस्पताल बनाएर ढुंग्रेवासमा रहेको एपोलो अस्पताललाई अन्य उपचार गर्ने अस्पतालका रुपमा विकास गरिने कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बैठकपछि बताउनु भयो ।

बैठकमा सहभागी रहेका सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले कमलामाई नगरपालिकाको सहयोगमा हामीले सिन्धुली जिल्ला अस्पताललाई कोरोनाको उपचार गर्ने अस्पतालका रुपमा हामीले आजैबाट तयारी थाल्नेछौं । उहाँले आज साँझसम्म सिन्धुली अस्पताल १५ शैथ्याको कोरोना उपचार अस्पताल तयार हुने बताउनु भयो ।

त्यसैगरी सिन्धुली जिल्लाको आपूर्ति व्यवस्थालाई सहज बनाउन तथा दैनिक उपभोग्य बस्तुहरुको नागरिकमा सहज पहुँचका लागि सिन्धुली घुम्ती पसल सञ्चालन गर्ने र त्यसको व्यवस्थापन सिन्धुली उद्योग बाणिंज्य संघले गर्ने निर्णय गरेको कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुुरुषोत्तम सुवेदीले जानकारी दिनु भयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, प्रहरी उपरिक्षक रञ्जु सिग्देल, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेल, नेपाली सेनाका लक्ष्मण खड्का, सशस्त्र प्रहरी नायव उपरिक्षक गोपी भट्टराई, सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार,नेपाल रेडक्रस सोसाईटि सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । ( कमलामाई फिचर सेवा बाट )

सम्बन्धित विषय:

प्रतिक्रिया