ममता बस्नेत (रायमाझी) सिन्धुली, हाल अष्ट्रलिया
महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वनै अस्तव्यस्त भइरहेको छ । विश्वको करिब एक सय ९० भन्दा बढि देशमा फैलिसकेको कोरोना भाइरसको महामरीले १९ हजार भन्दा बढिले ज्यान गुमाइसेकेका छन् भने संक्रमितको संख्या चार लाख भन्दा बढि पुगिसेको छ । नेपालमा भने हालसम्म तीनजनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ जसमा एकजनाको उपचारपछि अवस्था सामान्य देखिएको छ । नेपाल सरकारले महामारी कोरोना भाइरसको नियन्त्रण र रोकथामकालागि देशभर लकडाउन गरिसकेको छ । अहिले हरेक नागरिक आफू बसेको स्थानमा लकडाउन भएर सरकारको निर्णयलाई समर्थन गरिरहेका छन् । यता स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कोरोना नियन्त्रणमा लागिपरेहका स्वयंसेवक भने जोखिम मोलेर लाखौँको ज्यान जोगाउन तत्पर देखिएका छन् । नागरिकको सुरक्षालाई प्राथमिकता दिदैँ कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका कर्मचारीको सुरक्षाकालागि सरकारले तिव्रता दिएपनि ती प्रयासहरु पर्याप्त छैन ।
‘सरकार हामी स्वास्थ्यकर्मीलाई भत्ताको सट्टामा पिपिइ दिनुपर्छ, सेवाप्रवाहममा डरको सट्टामा आत्मविश्वास बढ्छ ।’ काठमाडौँको एक हस्पिटलमा कार्यरत नर्स अस्मिता ढकाल नर्सहरुको एक फेसबुक पेजमा लेख्छिन् । त्यस्तै, हेटौँडाकी आरोग्य प्रतिष्ठान (डाईलासिस) युनिटमा कार्यरत नर्स शिक्षा कार्की लेख्छिन्, ‘बिना हातहतियार युद्ध लड्न पठाएको सैनिक जस्तो भएको छ । अहिले स्वास्थ्यका कर्मचारीहरुलाई न पिपिई छ न सुरक्षाको प्रत्याभुति नै, भगवान भरोसे काम गर्नुपरेको छ ।’ उनी थप्छिन्, ‘डाइलेसिसका बिरामी जो संक्रमणको उच्च जोखिममा हुन्छन्, उनहिरुको लागि काम गर्ने हामी सँग त पिपिई छैन भने अरु स्वास्थ्य संस्थाको हालत के होला ? And we healthcare workers working withour PPE is not less than commiting unwanted suicide."
देशभरी यसरी स्वास्थ्यकर्मीहरु सुरक्षित पिपिई (ग्लोभ्स, मास्क, फुल लेन्थ गाउन, चस्मा) बिना काम गर्दा त्रसित भइरहेको बेला नेपाल सरकराले अझै गम्भिर भएर देशका प्रत्येक स्वास्थ्यकर्मीरुपि सैनिकलाई हरेक तबरबाट सुरक्षाको प्रत्याभुति दिन अग्रसर हुनुपर्छ । यसो हुन सकेमात्र कोरोना विरुद्धको लडाई सफल हुनेमा दुई मत छैन ।
भर्खरै मात्रै लण्नको एक हस्पिटल (आइसियु विभाग) मा कार्यरत आरएन प्रसुना कँडेलले फेसबुक लाईभमा आउँदै कोरोनको महामरीबाट जोगिनकोलागि स्वास्थयकर्मि तथा आम नागरिकलाई विशेष सन्देश दिएकि छन् । प्रसुना भन्छिन्, ‘म हाल लण्डनको आइसियु विभागमा काम गर्छु । कोरोना संक्रमणले गर्दा यहाँ पनि आइसियु डिपार्टमेन्ट लगभग भरिसकेको छ । र हामलिे अहिले साधारण वार्डलाई पनि तीन भागमा बाँडेर कोभिड १९ कक्ष बनाएका छौँ ।’
लण्डन नर्थवेस्ट हेल्थकेयर एन. एच.एस मा क्रिटिकल विशेषज्ञका रुपमा कार्यरत प्रसुनाको अनुसार कोरोनाको जोखिबाट बच्न निम्न उपायहरु अपनाउनुपर्छ ।
१) कोरोना संक्रमणको सुरुवातामा साधारण लक्ष्ण रुघाखोकी, टाउको दुख्ने, घाँटी दुख्ने जस्ता समस्या देखापर्छन् । उपचार गरेर आइसोलेसनमा राखिएमा यो रोग सामान्य फ्लु जसरी निको हुन्छ ।
२) पौष्टिक आहार प्रशस्त मात्रामा खानुहोस् र प्रशस्त पानी पिउनुहोस् ।
३) घरेलु उपचारमा बेसार, पानी, अदुवा, कागती, मह, पानी लिनुहोस् ।
४)लकडाउनको कारण घरमा बस्नुभएको छ भने परिवारसँग रमाईलोसँग समय विताउनुहोस् ।
५) घरमा वृद्धवृद्धा हुनुहुन्छ भने उहाँहरुलाई विशेष आइसोलेसनमा राख्नुहोस् ।
६) शौचालयमा प्रयोग हुने टिस्यु, जग, बाल्टिन, रुमालहरु छुट्टाछुट्टै प्रयोग गर्नुहोस् ।
७) ज्वोरोका लागि उमेर अनुसार उपयुक्त डोज को पारासिटामोल दिनमा ४ पटक सम्म प्रयोग गर्न सकिन्छ ।
८) Ibrufen लिदै नलिनुहोस् किनकी यो Immunosupressive drug भएको ले बिरामीको रोगप्रतिरोधात्मक क्षमता झन् घट्न सक्छ ।
९) अस्पताल, नर्सिङ होम, सामुदायिक स्वास्थ्य संस्था तथा अन्य स्वास्थ्य सँग सम्बन्धित क्षेत्रमा काम गर्ने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मी कोरोना सम्भावित बिरामीमा कोरोना पोजिटिमि बिरामीको सम्पर्कमा जाँदा स्ट्यान्डर्ड पिपिई को प्रयोग गरौँ । व्यीक्तगत सुरक्षालाई पनि प्राथमिकता दिऔँ ।
विश्वभरका मुलुकमध्ये विकसित र आर्थिक तवरले बलिया अमेरिका, चिन, इटाली जस्ता देशहरुलाई पनि कोरोना नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको अवस्थामा नेपाल जस्तो विसोन्मुख देशमा संक्रमण फैलिरहदा रोकथामको लागी हामिसँग यिनै डाक्टर, नर्स र स्वास्थ्यकर्मि बाहेक कुनै पनि हतियार छैनन् । त्यसैले नेपाल सरकारले हालको अवस्थमा नेपाल भरका स्वास्थ्यकर्मी, कोरोना संक्रमित र संक्रमणको जोखिममा भएका नागरिक र कोराना महामारीको पूर्वतयारीमा विशेष लगानी गरेमा मात्र कोरोना नियन्त्रण संभव छ ।