शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा १९ बर्षिय एक यूवालाई आईसोलेसनमा राखेर उपचार सुरु

मंगलवार , चैत्र ११, २०७६

सिन्धुली, ११ चैत– सिन्धुलीको कमलामाई नगरपालिका–२ अमले निवासी १९ बर्षिय एक यूवा लाई मंगलबारदेखि सिन्धुली अस्पतालमा आईसोलेसनमा राखेर उपचार सुरु गरीएको छ ।

ईण्डियाबाट आउनु भएका ती  यूवा लाई रुघा ,खोकी लागेका कारण स्वाब परिक्षण गर्न स्वाब काठमाडौँ पठाईएको सिन्धुली अस्पतालका प्रबक्ता डा. प्रद्युन्न जङ्ग राभण्डारीले जानकारी दिनुभयो ।

एक यूवामा कोरोना भाईरसको संक्रमण भए नभएको स्वाब परिक्षणको रिपोर्ट आएपछि मात्रै थाहा हुने उहाँको भनाई छ ।

त्यसैगरी पाँच दिनअघि भारतको राजस्थानबाट आएका कमलामाई नगरपालिका–७ का १० जनालाई घरमै क्वारेन्टाईनमा बस्न सिफारिस गरिएको प्रबक्ता डा. राजभण्डारीले जानकारी दिनुभयो ।

उनीहरुमा कोरोना भाईरसको कुनै लक्षण नदेखिएका पनि भारतबाट आएकोले १४ दिन घरमै क्वारेन्टाईनमा बस्न सिफारिस गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया