शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधवार , फाल्गुण २८, २०७६

काठमाडौं ,२८ फागुन - नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

बुधबारका लागि नेपाल राष्ट्र बैंकले डलरको आधार मूल्य ११८ रुपैयाँ ९० पैसा तोकेको छ। हिजो ११८ रुपैयाँ ८६ पैसा तोकेको थियो। यसअघि डलरले ११८ रुपैयाँलाई छोएको मात्र थियो। अहिले भने ११९ रुपैयाँ हाराहारी पुग्न लागेको हो।

लामो समय ११४ रुपैयाँको हाराहारीमा रहेको डलर अघिल्लो सातादेखि निरन्तर बढ्न थालेको हो। ११४ को हाराहारीमा रहेको डलर आइतबारसम्म ११८ रुपैयाँमाथि उक्लिएको छ।

युरोमा भने केही गिरावट देखिएको छ । युरोको खरिद दर १३४.४२ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.११ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.२३ रहँदा बिक्री दर १५५.०१ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३८६.७३ रुपैयाँ रहेको छ भने बिक्री दर ३८८.६९ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१३.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३१५.२२ रुपैयाँ रहेको छ ।

आज विदेशी बिनिमय दर

चीनबाट फै लिएको नो बल को रोना भाइरसले विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेपछि लगानीकर्ताहरुले डलरको माग बढाएका छन्। यही बीचमा सुनको मूल्य पनि बढ्न थालेको छ।

कोरोनाका कारण चीनको मात्र नभइ अमेरिका, युरोप र भारतकै अर्थतन्त्र पनि प्रभावित हुन थालेको छ। लगानीकर्ताहरु सेयर बजारबाट विस्तारै बाहिरिन थाल्दा विश्वका ठूला स्टक एक्सचेञ्जका सूचकहरु फराकिलो अन्तरले झर्न थालेका छन्।

डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। तर यसपाली कोरोनाका कारण डलरको भाउ बढेपनि नेपाली रोजगारीमा रहेका मुलुकहरु पनि यसबाट प्रभावित देखिएकाले ती देशबाट नेपाली फिर्ता पठाइन सक्छन्। यसो हुँदा रेमिटेन्समा आधारित आय घट्न सक्छ।

 

 

 

प्रतिक्रिया