सिन्धुली,२३ फागुन – को’भिड–१९ अर्थात कोराना भा’ईरसको सं’क्रमणको आ’शंका भएका बि’रामीलाई छुट्टै राखेर उपचार गर्न सिन्धुली अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।
को’रोना भा’ईरसको सं’क्रमण भएको शं’का लागेका व्यक्तिहरुको चे’कजाँच गर्न ३ वटा वेड सहितको आईसोलेसन वार्ड स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद् पोख्रेलले जानकारी दिनुभयो । संसारभर आ’तंकका रुपमा फैलिए पनि अहिलेसम्म नेपालमा भित्रीनसकेको को’रोना भा’इरस रोकथामको पुर्व तयारी स्वरुप आ’इसोलेसन वार्ड स्थापना गरिएको उहाँको भनाई छ ।
को’रोनाको रोकथामका लागि आवश्यक औषधी पनि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । विरामी चे’कजाँचका बेला डाक्टरहरुले प्रयोग गर्ने ड्रेस पनि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अस्पतालको क्षमताले भ्याए सम्म को’रोना भा’ईरस्को सं’क्रमण जिल्लामा फै’लिन नदिन पुर्वतयारी गरिएको उहाँको दावी छ ।

उत्तरी छिमेकी मुलुक चिनको वुहान सहरबाट फैलिएको को’भिड–१९ अर्थात को’रोना भा’ईरस्का कारण संसार आ’तंकीत भएको छ । अर्काे छिमेकी मुलक भारतमा समेत को’रोना भा’ईरस्का सं’क्रमितहरु फेला परेको भन्ने समाचारहरु आईरहेका बेला सिन्धुली जिल्लामा सो सं’क्रमण फैलिन नदिन अस्पतालले पुर्व तयारी गरेको उहाँले बताउनुभयो ।
को’रोना भए नभएको पत्ता लगाउन सक्ने उपकरण र जनशक्ति अस्पतालमा नभएकाले अस्पतालको आइसोलेसनमा सामान्य उपचार मात्रै हुने उहाँको भनाई छ । को’रोना भा’इरसको शं’का लागेकाहरुलाई काठमाडौं पठाउनका लागि पनि आवश्यक तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।