शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगीता

आइतवार , फाल्गुण १८, २०७६

सिन्धुली, १८ फागुन– प्रथम सिन्धुलीगढी राष्ट्रिय ब्याडमिन्टन प्रतियोगीतामा मेन्स सिंगल तर्फको उपाधि एपिएफका खेलाडी दिपेश धामीले जित्नु भएको छ । आईतवार भएको फाईनल खेलमा नेपाल पुलिस क्लवका विष्णु कटुवाललाई हराउदै धामीले उपाधी जितेको हो ।

एपिएफका दिपेश धामीले पुलीसका बिष्णु कटुवाललाई २१–१७,२१–७ को सेटमा पराजित गर्न भयो । मेन्स सिङ्गल तर्फको तेस्रो स्थानको उपाधि त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठ र बुढासुब्बा ब्याडमिन्टन क्लवका प्रियान्सु सिँह क्षेत्रीले जित्नु भयो ।

मेन्स डबलमा त्रिभुवन आर्मी क्लवका सुरज महर्जन, प्रविन लिङथेपको जोडी बिजयी हुनु भएमो छ । त्रिभुवन आर्मी क्लवका सुरज महर्जन, प्रविन लिङथेपको जोडीले २१–१९,२१–१६ र २१–८ को सेटमा बुढा सुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ, प्रनिस सिँह ठकुरीको जोडीलाई पराजित गर्दै उपाधि जितेको हो । मेन्स डबलमा तेस्रो स्थान एपिएफका विशाल प्रधान, निराजन देवकोटा र पोखरा ब्याडमिन्ट क्लवका विधान अधिकारी, विशाल बस्नेतको जोडीले जित्नु भएको छ ।

भेन्ट्रान्स डबल ४५ केजीमा बुटवल ब्याडमिन्टन क्लवका विरेद्र सिँह बिष्ट,बुद्धि चौधरीको जोडीले उपाधि हात पार्नु भयो । चितवन ब्याडमिन्टन क्लवका मन बहादुर राना, खुस गुरुङको जोडीलाई पराजित गर्दै बुटवल ब्याडमिन्टन क्लवका विरेद्र सिँह बिष्ट,बुद्धि चौधरीको जोडीले उपाधी हात पारेको हो । बुटवल ब्याडमिन्टन क्लवका विरेद्र सिँह बिष्ट,बुद्धि चौधरीको जोडीले २१–१९,२१–१७ र २१–१५ को सेटमा बुटवल ब्याडमिन्टन क्लवका विरेद्र सिँह बिष्ट,बुद्धि चौधरीको जोडीलाई पराजित गर्नु भएको हो ।

भेन्ट्रान्स बडल ४५ केजीको तेस्रो स्थान जेष्ठ ब्याडमिनटनका नविन बाबु श्रेष्ठ, श्याम पराजुली र रुद्र थिङ, मुना केसीको जोडीले जितेको छ । मिक्स् डबलमा त्रिभुवन आर्मी क्लवका सुरज महर्जन, अमिता गिरीको जोडी बिजयी हुनु भयो । त्रिभुवन आर्मी क्लवकै प्रविन लिङथेप, अनुमाया राईको जोडीलाई १९–२१,११–२१ र २०–२२ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लवका सुरज महर्जन, अमिता गिरीको जोडी बिजयी भएको हो । मिक्स डवलको तेस्रो स्थान एपिएफका विशाल प्रधान, शोभा गौचन, बुढासुब्बा ब्याडमिन्टन क्लवका सुरज श्रेष्ठ, सिमा राजवंशीको जोडीले जित्नु भयो । मिन्स सिंगल टिममा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले २५ हजार रुपैयाँ र तृतिय हुनेले १५ हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्राप्त गरेको जिल्ला व्याडमिन्टन संघका अध्यक्ष मिनकुमार दाहालले जानकारी दिनु भयो ।

त्यस्तै मेन्स डबल टिममा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतिय हुनेले २० हजार रुपैयाँ नगदसहित पदक तथा प्रमाणपत्र प्राप्त गर्नु भएको छ । मिक्स डबल टिममा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ र तृतिय हुनेले १० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र पाउनु भएको छ । भेट्रान्स डबल टिममा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ र तृतियले १५ हजार रुपैयाँ नगद तथा पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

भ्रमण वर्ष २०२० को अवसरमा र सैनिक दिवसलाई लक्षित गरी शुक्रबारदेखि सिन्धुलीमा सुरु भएको प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता जिल्लाकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगीता हो । जिल्ला ब्याडमिन्टन संघ सिन्धुलीको आयोजनामा भएको प्रतियोगितामा १६० खेलाडइहरुले सहभागिता जनाएको प्रतियोगिता मुल समारोह समितिका संयोजक छेत्र बम्जनले जानकारी दिनु भयो ।

प्रतिक्रिया