सिन्धुली– सिन्धुलीको घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयका इन्जिनियर दिलिप कुमार साहले घु स मागेपछि अख्तियारले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको विभिन्न वडामा HT.LT तथा ट्रान्सफर्मर जडानको विद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरि भुक्तानी लिने सिलसिलामा दुई लाख २६ हजार घु स माग गरिरहेको भन्ने उजुरी परेपछि अख्तियार दु रुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले साहलाई नियन्त्रणमा लिएको हो ।
साहलाई कमलामाई नगरपालिका वडा नं ६ सिन्धुली स्थित श्रेष्ठ तन्दुरी एण्ड गष्ट गाउस अगाडी विपी राजमार्गबाट नियन्त्रणमा लिएको अख्तियार दु रुपयोग अनुसन्धान आयोगको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । उनको साथमा १ लाख ६० हाजर र ७० हजारको दुईवटा चेक र नगर ३५ हजार सहित शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिनु भयो ।