शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

शुक्रवार , माघ १०, २०७६

सिन्धुली १० –माघ ७ गते देखी सिन्धुलीमाडीमा सुरु भएको दोस्रो कमलामाई नगरपाललिका द्वारा आयोजित नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिवार सम्पन्न भएको छ ।

कमलामाई नगरपालिकाभित्रका १९ वटा विद्यालयहरु सहभागी भएको उक्त प्रतिश्पर्धात्मक खेलकुद प्रतियोगितामा ९ स्वर्ण, ५ रजत र २ कास्य सहित श्री जनज्योति माध्यमिक विद्यालयले आधारमा प्रथम स्थान प्राप्त गरी राष्ट्रपति रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । ४ स्वर्ण, ४ रजत र २ कास्य सहित कमला माध्यमिक विद्यालय दोस्रो र ४ स्वर्ण २ रजत र २ कास्य पदक सहित श्री गौमति माध्यमिक विद्यालय माढिबजार तृत्तीय भएको छ ।

जम्मा छात्र तर्फ १५ र छात्रातर्फ १५ गरी ३० वटा इभेन्टमा ४८३ जना खेलाडीहरु सहभागी भएको राष्ट्रपति रनिङ शिल्ड सञ्चालन संयोजक दीपककुमार बुढाथोकीले बताउनु भयो । शिल्ड तथा मेडल र प्रमाणपत्र वितरण कार्यक्रममा जिल्ला खेलकुद परिषदका अध्यक्ष सूर्य पाख्रीन विशिष्ट अतिथि र कमलामाई शिक्षा शाखाकी शाखा अधिकृत हितकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कमलामाई शिक्षा शाखाका शिक्षा सहजकर्ता डा. हरिप्रसाद पोखरेलले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा बोल्दै विशिष्ट अथिति सूर्य पाख्रीनले खेलकुदको विकास नै शरीर, मन र ब्यक्तित्व विकासको आधार भएकोले स्वास्थ्य र विकासको आधार पनि खेलकुद नै हो भन्ने विचार राख्नु भयो ।

 

उहाँले नेपाल सरकार खेलकुदको विकासमा क्रियाशील रहेको बताउदै हेटौडामा स्पोर्ट महा विद्यालय तथा विभिन्न पालिकाहरुमा कर्वड हल निर्माण कार्यलाई पनि सरकारले प्राथमिकता दिएको बताउनु भयो ।

कार्यक्रममा खेलकुदले सहभागीवीच स्वस्थ प्रतिश्पर्धा, मनोरञ्जन र नैतिक आचरण तथा अनुशासनको बिकास गराउन सहयोग गर्ने भएकोले शिक्षा र खेलकुदलाई संगसगै महत्व दिनसम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भयो । नगरपालिका स्तरीय खेलकुदमा उत्कृष्ट खेलाडीहरुवीच जिल्ला स्तरमा प्रतिश्पर्धा गराइ त्यसबाट छानिएका खेलाडीहरुवीच प्रदेश स्तरमा प्रतिश्पर्धामा छनौट गराइने डा. पोखरेलले जानकारी दिनु भयो ।

सिन्धुली सदरमुकाम स्थित खुलामञ्चमा सञ्चालित दोस्रो राष्ट्रपति रनिङ शिल्ड सफल पार्न सहयोग गर्ने खेल प्रशिक्षक, स्वयम् सेवक, सुरक्षाकर्मी, सहभागी, प्रधानाध्यापक लगायतलाई सम्मान र प्रशंसापत्र वितरण गरिएको थियो । दोस्रो राष्टपति रनिङ शिल्ड विगत बर्षहरुमा भन्दा भब्य र सभ्य रुपमा सम्पन्न भएकोमा ब्यवस्थापक विद्यालयको तर्फबाट श्री गौमती माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशवहादुर थापाले खुशी ब्यक्त गर्नु भयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया