शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

काँग्रेसले हरिहरपुरगढि गाउँपालिका घेराऊ गर्ने

शुक्रवार , पौष १८, २०७६

नेपाली काँग्रेस हरिहरपुरगढि गाउँपालिका कार्य समितिले आफ्नो माग पुरा नगरे हरिहरपुरगढि गाउँपालिकाको कार्यालय घेराऊ गर्ने भएको छ । नेपाली काँग्रेसको कार्य समितिले गाउँपालिकामा बढ्दो जनगुनासो हुँदा पनि स्थानिय सरकारले वास्ता नगरेपछि गाउँपालिका कार्यालय घेराउ गर्ने कार्यक्रम राखेको छ ।

हरिहरपुरगढि गाउँपालिकाको वडा नं १ देखी वडा नं ८ सम्मका वडाहरुमा विकास निर्माण र उपभोक्ता समिति निर्माणको क्रममा स्थानिय सरकार संचालन ऐन विपरित काम हुन थालेपछि नेपाली काँग्रेसले आठ दिनको म्याद दिएको छ । व्यापक मात्रामा अनियमतिाा र भ्रष्टाचार भएको जनगुनासो आएपछि कार्यसमितिले छलफल गर्दा समेत निकास ननिसकेपछि गाउँपालिका कार्यालय घेराऊ गर्ने कार्यक्रम राखेको छ ।

नेपाली काँग्रेस हरिहरपुरगढी गाउँपालिकाको कार्य समितिले कार्यालयमा गई छलफल गर्दा समेत निकाश निस्कन नसकेको र जनताको माग संबोधनको विषयमा गाउँपालिकाको कार्यालयले कुनै चासो नदेखाएपछि ज्ञानपन पत्र बुझाएको । ज्ञापन पत्रमा आठौँ दिनसम्म पनि गाउँपालिकाले ठोस कदम नचाले कार्यालय घेराऊ र ताला गर्ने निर्णय गरेको संयोजक हर्ष बहादुर श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया